विश्वभर फैलिदै गएको कोरोनाभाइरस संक्रमणको त्रास नेपालमा पनि विस्तारै देखिन थालेको छ । कोरोनाको त्रासले जनकपुरधाम प्रायः सुनसान हुन थालेको छ ।

धार्मिक नगरी भनिने जनकपुरमा पछिल्लो समय श्रद्धालु भक्तजन तथा आन्तरिक एवं बाह्य पर्यटकहरु आउन छाडेका छन् ।

रोजगार तथा अध्ययनका शिलशिलामा बाहिर गएकाहरु घर फर्किन थालेपछि जनकपुरमा बिहान भीडभाड देखिए पनि चहलपहल गर्ने सर्वसाधारणको संख्यामा एकाएक कमी आएको छ ।
जनकपुरधामका मुख्य चोकहरु प्रायः सुनसान रहने गरेका छन् ।

जानकी मन्दिर सुनसान
विश्वमै हिन्दुहरुको आस्थाको केन्द्र रहेको प्राचिन मिथिलाको राजधानी जनकपुरधामस्थित जानकी मन्दिरमा समेत श्रद्धालु भक्तजनको संख्यामा व्यापक कमी आएको छ । जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले पहिलेको तुलनामा १० प्रतिशत श्रद्धालु भक्तजन आउन छाडेको बताए ।

नेपाल सरकारले केही दिनपूर्व मठमन्दिर लगायतका स्थानमा २५ जनाभन्दा बढी जम्मा नहुन भनेपछि जनकपुरधामको जानकी मन्दिर, राम मन्दिर र संकट मोचन मन्दिर लगायतका मठमन्दिरहरु सुनसान भएका हुन् ।

कोरोना भाइरसको संक्रमण विश्वको धेरैजसो देशमा फैलिएपछि नेपाल सरकारले कडाइ गरेपछि जनकपुरधाममा आउनेको संख्यामा कमी आएको छ । जनकपुरधाममा आउने श्रद्धालु भक्तजनहरुमा अधिकांश भारतीय रहने गरेका छन् ।

कोरोनाका कारण भारतबाट आउन ठप्प भएपछि जानकी मन्दिर लगायत मठ मन्दिर सुनसान देखिएको स्थानीयबासीको भनाइ छ ।

मन्दिरमा आउनेको संख्यामा कमी आए पनि अहिलेसम्म स्थानीय प्रशासनले मन्दिरलाई सर्वसाधारणको लागि बन्द गरेको छैन ।

राम मन्दिरमा महामृत्युञ्जय जप
विश्वभरी फैलिरहेको महामारी कोरोना भाइरसको संक्रमणलाई रोक्न भन्दै जनकपुरको राम मन्दिरमा महामृत्युञ्जय जप सुरु भएको छ । राम मन्दिरमा पण्डितहरुको एक समूहले कोरोना भाइरसको प्रभावबाट सर्वसाधारणलाई बचाउन महामृत्युञ्जय जप शुरु गरेको जनाएको छ । बिहीबारबाट शुरु भएको जप ५ दिनसम्म चल्ने राम मन्दिरका महन्थ राम गिरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!