हिपमत डटकम

बुधबार, साउन १७, २०८० || 11861  पटक पढिएको

इस्तानबुल । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनलाई युक्रेनबाट खाद्यान्न ढुवानीका लागि महत्त्वपूर्ण मानिने स्थलहरूमा मस्कोले आक्रमण गरेपछि थप तनाव नबढाउन आग्रह गरेका छन् । एर्दोगान हालै अन्त्य भएको खाद्यान्न सम्झौतामा एक प्रमुख खेलाडी हुन् । ब्ल्याक सीमा युक्रेनको अनाज ढुवानीको सुरक्षित मार्गको लागि अनुमति दिएको सम्झौतामा एर्दोगानको मध्यस्थता रहेको थियो ।

टर्कीका शक्तिशाली नेताले रुस–युक्रेन युद्धमा तनाव बढाउने कुनै पनि कदम चाल्न नहुने बताएका छन् । उनले ‘शान्तिका लागि सेतु’ भएको खाद्यान्न सम्झौताको महत्वमाथि जोड दिएको टर्कीको राष्ट्रपतिको कार्यालयले जनाएको छ । टर्की र संयुक्त राष्ट्रसंघको मध्यस्थतामा भएको उक्त सम्झौताले युक्रेनलाई आफ्नो ‘ब्ल्याक सी’ बन्दरगाहबाट खाद्यान्न निर्यात गर्न अनुमति दिएको थियो ।

रुसले युक्रेनको दक्षिणी क्षेत्र ओडेसामा बन्दरगाहको पूर्वाधारमा आक्रमण गरेको र ‘ब्ल्याक सी’ मार्फत ढुवानी गर्न अनुमति दिने सम्झौताको अन्त्यपछि अनाज निर्यात गर्न प्रयोग गरिने सुविधाहरूलाई लक्षित गरेको युक्रेनले जनाएको छ । आक्रमणका कारण खाद्यान्न ढुवानी गर्न बनेका संरचना र सवारी साधनमा समेत क्षति पुगेको र गोदाममा क्षति पुगेको अभियोजनकर्ताले बताएका छन् । एर्दोगानले खाद्यान्न सम्झौताको दीर्घकालीन निष्क्रियताले ‘कसैलाई फाइदा नहुने’ र आवश्यक परेका देशहरूले यसको फल भोग्नुपर्ने पुटिनसँग बताएका छन् ।

एर्दोगानले सम्झौता लागू हुँदा २३ प्रतिशतले घटेको खाद्यान्नको मूल्य पछिल्लो दुई हप्तामा १५ प्रतिशतले बढेको पनि बताए । टर्कीले सम्झौतालाई पुनः स्थापित गर्न ‘गहन प्रयास’ र कूटनीतिका साथ अघि बढ्ने उनले प्रतिबद्धता व्यक्त गरे ।-(रासस/एएफपी)

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!