शनिबार, चैत्र ०८, २०७६ || 1376  पटक पढिएको

विश्वभर महामारीको रुप धारण गरेको कोरोनाभाइरसका कारण युएईमा पहिलो पटक मृत्यु भएको घटना प्रकाशमा आएको छ ।

युएईका अधिकारीहरुले कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु भएको पुष्टि गरेका छन् । युएईमा यसअघि कोरोना संक्रमणबाट मृत्यु भएको थिएन ।

युएईको स्वास्थ्य मन्त्रालयले शुक्रबार कोरोना संक्रमणबाट भएको मृत्युको पुष्टि गरेको हो । मन्त्रालयले ट्वीटरमार्फत दिएको जानकारीअनुसार युरोपबाट आएका ७८ वर्षीय साउदी नागरिक र युएई बस्दै आएका ५८ वर्षीय एसियन नागरिकको मृत्यु भएको हो ।

दुवै जनाको उपचारका क्रममा मृत्यु भएको बताइएको छ । तीमध्ये एक जनामा मुटुको समस्या र अर्कोमा मिर्गौलासम्बन्धी समस्यासमेत पाइएको अधिकारीहरुको भनाइ छ ।

युएईमा कोरोना संक्रमितको संख्या १४० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!