शनिबार, चैत्र ०८, २०७६ || 691  पटक पढिएको

मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमि वायूको आंशिक प्रभावका साथै स्थानिय वायुको समेत प्रभाव देखिएको जनाएको छ ।

शनिबार जारी मौसम पूर्वानुमान सूचनामा महाशाखाले हाल देशको पश्चिमि भू–भाग लगायत अन्य पहाडी भु–भागमा आंशिक बदली रहेको र बाँकी भागमा भने मौसम सामान्यतया सफा रहेको जानकारी दिएको छ ।

शनिबार दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली हुने र पहाडी भू–भागका थोरै स्थानहरूमा साथै तराईका १/२ स्थानमा मेघ गर्जन, चट्याङ्गसहित हल्का क्षणिक वर्षाको सम्भावना रहेको जनाएको छ ।

साथै राति देशको पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा भने सामान्यतया मौसम सफा रहनेछ ।

देशको पूर्वी र मध्य भू–भागका १/२ स्थानहरुमा मेघ गर्जन, चट्याङ्गसहित हल्का क्षणिक वर्षाको सम्भावना रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!