शुक्रबार, चैत्र ०७, २०७६ || 653  पटक पढिएको

विश्वभर फैलिरहेको कोरोना भाइरसको सम्भावित जोखिमलाई न्यूनीकरण गर्नका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले कोरोना सहायता कक्ष ‘कोरोना हेल्थ डेक्स’ स्थापना गर्ने तयारी गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले कोरोना सङ्क्रमणको सम्भावित जोखिमलाई कम गर्नका लागि तत्कालै कोरोना हेल्थ डेक्स स्थापना गर्न लागेको बताउनुभयो । “बालबालिका, अपाङ्गता भएका व्यक्ति, बालसुधारगृह, वृद्धाश्रममा बस्ने व्यक्तिलाई सेवा दिनका लागि कोरोना हेल्थ डेक्स स्थापना गर्न लागेको हो”, रासससँग कुरा गर्दै मन्त्री गुरुङले भन्नुभयो, “मन्त्रालयमा तुरुन्तै फोकल पर्सन तोकेर शुरु गर्ने तयारी छ, आवश्यक परेमा सम्बन्धित ठाउँमै गएर पनि सेवा दिन सकिन्छ ।” मन्त्रालयले कोरोनाको सङ्क्रमण फैलिन नदिनका लागि उच्च जोखिममा रहेका महिला, बालबालिका, सुत्केरी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिलाई ध्यानमा राखेर सचेतनामूलक कार्यक्रम महिला तथा बालबालिका विभागबाट सञ्चालन गरिरहेको छ । मन्त्रालयले पूर्वसावधानीका लागि सरोकारवाला निकायसँग मिली माक्स, स्यानिटाइजार, औषधिजस्ता आधारभूत आवश्यक वस्तुको सङ्कलन तथा वितरणको व्यवस्था मिलाउने काम विभागलाई दिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!