सिरहा पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना न्यूनिकरण गर्न समय सीमा (टाइम कार्ड) लागु गरेको छ ।

शुक्रबार सिरहाको लहानस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानमा एक कार्यक्रमको आयोजना गरी ट्राफिक प्रहरीले टाइम कार्ड लागु गरेका हुन ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा लहानका प्रमुख प्रहरी निरिक्षक( ईन्सपेक्टर) खगेन्द्र एक्तेनेले पहिलो सवारी चालकलाई अविर मालाले सम्मान गर्दै समय सीमा (टाइम कार्ड) वितरण गरेर कार्यक्रमको उद्घाटन गरेका थिए ।
टाइम कार्ड लागु भएपछि पूर्व–पश्चिम राजमार्गमा गुड्ने सवारीका चालकले पूर्वको भारदह, शम्भुनाथ, लहान, बन्दीपुर, लालगढ, निजगढ र पथलैया ट्राफिक बीटमा इन्ट्रि गर्नुपर्ने छ भने बर्दिबास हुँदै विपि राजमार्ग भएर जाने सवारीले सोही ठाउँको समय सीमा (टाइम कार्ड) प्रयोग गर्नुपर्ने प्रनि जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा लहानका प्रमुख प्रहरी निरिक्षक(ईन्सपेक्टर) खगेन्द्र एक्तेनेले जनाए ।

 

(ईन्सपेक्टर) एक्तेनेले चालकलाई सहजै चिन्न सकिने अंकित भएको पहिरन लगाउन, गाडीभित्रै डस्टबिन राख्न र अग्नी नियन्त्रण राख्न चालकहरुलाई सुझाव समेत दिएका थिए । अहिले विश्वभर फैलिएको कोरोना भाइरसबाट बच्न् तथा स्वास्थ्य सुरक्षाप्रति सजगताका लागि प्रत्येक ट्राफिक बिटमा ह्याण्ड वासले हात धुने व्यवस्था समेत गरेको (ईन्सपेक्टर) एक्तेनले बताए ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!