हिपमत डटकम

आइतबार, आषाढ १७, २०८० || 10204  पटक पढिएको

बिराटनगर । नेपाली कांग्रेसले कोशी प्रदेशको नयाँ बन्ने सरकारमा कांग्रेसको नेतृत्व रहने गरी निर्णय गरेको छ ।
नेपाली कांग्रेस कोशी प्रदेश समितीको आज बसेको बैठकले नयाँ बन्ने मुख्यमन्त्रीमा नेपाली काङ्ग्रेस कोशी प्रदेशका सभापति उद्धव थापालाई अगाडि बढाउने निर्णय गरेको छ ।

कोसी प्रदेश कार्यसमितिको आइतबार बसेको बैठकले थापालाई मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरेको नेपाली कांगेस कोशी प्रदेशका कोषाध्यक्ष राजेश गुप्ताले जानकारी दिए।

यस अघि नेकपा (एमाले)को नेतृत्वमा रहेको सरकार ढलेपछि सत्ता साझेदर दलहरुबीच कसको नेतृत्वमा सरकार बनाउने भन्ने विषयमा छलफल चलिरहेका बेला कांग्रेसले मुख्यमन्त्रीमा थापालाई अगाडि बढाएको हो ।

नेकपा एमाले नेतृत्वमा रहेको यस अघिको ‘मुख्यमन्त्री हिक्मतकुमार कार्की मुख्यमन्त्रि रहेको सरकार ढलेपछि गठबन्धनमा रहेको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस हो ।

सभापति थापाको अध्यक्षतामा बसेको बैठकमा उपसभापति रायमाझी र टंक राई, महामन्त्रीहरु भुपेन्द्र राई र उमेश थापा, सहमहामन्त्रीहरु विनोदकुमार बस्नेत, खड्ग बहादुर फागो र प्रमिला गच्छदार साथै कोषाध्यक्ष राजेश गुप्ता सहभागी थिए ।

कांग्रेसले कोशीमा नयाँ सरकार गठनको गृहकार्य सुरु भएसँगै दलहरुले आ–आफ्नै नेतृत्वमा सरकार बनाउन कसरत गरिरहेका छन् । ९३ सदस्यीय कोशी प्रदेश सभामा बहुमतका लागि ४७ सदस्य चाहिन्छ ।कांग्रेसका २९, माओवादी केन्द्रका १२, एकीकृत समाजवादीका ४ र जसपाका एकजना प्रदेश सभा सदस्य छन् भने एमालेका ४० र राप्रपाका ६ सदस्य छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!