शुक्रबार, चैत्र ०७, २०७६ || 870  पटक पढिएको

भीमफेदी गाउँपालिकाको विकट क्षेत्र वडा नं ५ स्थित घैयाबारी र तल्लो ज्यामिरेसम्म रु ३० लाखको लागतमा कृषि सडक निर्माण गरिएको छ । सडकमार्गले गाउँजोडिएसँगै स्थानीय कृषि उत्पादनले बजार पाउन थालेपछि स्थानीयवासी खुशी बनेका छन् । सो गाउँपालिका अध्यक्ष हिदम लामाले भीमफेदी–६ अम्लिङ बाह्रबिसेदेखि घैयाबारीसम्म जोड्ने सो सडकबाट १६० घरपरिवार लाभान्वित भएको जानकारी दिनुभयो । हेटौँडा उपमहानगरपालिकाको १७ नं वडामा रु १४ लाखको लागतमा चुच्चेखोलाबाट रामपुर जोड्ने दुई किलोमिटर सडक स्तरोन्नति गरिएको छ । सडक विस्तारपछि चुच्चेखोला, गैरीगाउँ, लक्ष्मीपुरलगायतका बासिन्दा तथा सवारी साधनलाई सहयोग पुगेको छ । त्यसैगरी हेटौँडा–४ मा पनि पक्की सडक नाली निर्माणलगायतका द्रुतगतिमा शुरु भएको छ । उपमहानगरपालिकाको रु ८० लाखको लागतमा सो काम शुरु भएको वडाध्यक्ष नवीन सिग्देलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!