बीरेन्द्रकुमार साह

शुक्रबार, आषाढ ०१, २०८० || 3011  पटक पढिएको

बिराटनगर । नेपाली काग्रेसका युवा नेता गुरुराज घिमिरेले काग्रेस रुपमान्तरको लागि सञ्चालन गरेको बताएका छन् । काग्रेस पार्टी बिधि र बिधानले नचलेकाले पार्टी रुपान्तरको लागि अभियान सञ्चालन गरेको बताएका हुन ।

उनले भने –‘ केन्दिय समितिको समेत बैठक नराखेको ,विभागीय जिम्मेवारी समेत दिएको छैन ।‘ पार्टी विद्यान अनुसार पार्टी नचलेका कारण पार्टीभित्र समेत असन्तुष्टि बढेको उनले दावी गरे । असन्तुष्टि बढेपछि पार्टी आकर्षक बनाउन युवा पुस्तालाई पार्टी प्रति आस्था जगाउन अभियान सञ्चालन गरेको उनले बताए । उनले भने –‘असन्तुष्टि हटाउन हामीले देशभरि नै पार्टी रुपान्तरण अभियान चलाएक छौं ।‘ नेपाली काग्रेस मोरङ क्षेत्र नम्बर २ (ख )प्रदेश कार्य समितिको प्रदेश सभा सम्मेलनमा नेता घिमिरेले यस्तो बताएका हुन । मोरंङ क्षेत्र न –२ स्थित दर्वेशामा सम्पन्न भएको भएको प्रदेश सम्मेलनमा नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रदेश सभा सभापति देबेन्द्र बस्नेतको सभापतिमा सम्पन भएको प्रदेसभा सम्मेलनमा नेपाली कांग्रेसमा सुधार ल्याउनकोलागि पार्टीभित्र आमुल परिवर्तन ल्याउनु पर्ने नेता यदु बिष्टले बताए।पार्टीमा पुस्ता परिवर्तन पनि आवश्यक छ १८ बर्षदेखि ४० बर्षका युवाहरुलाई अब पार्टीले बिशेष सम्बोधन गर्नु पर्ने समय आएको उनले बताए। नेपाली काग्रेस प्रति नागरिकको बिश्वास बढाउन अब नेतृत्वमा परिवर्तन आवश्यक रहेको नेता विष्टको भनाई रहेको थियो । मोरंग क्षेत्र न –२को हरेक निर्वाचनमा अब स्थानीय व्यक्तिलाई नै उम्मेदवार बनाउनु पर्नेमा बिष्टले जोड दिए ।
क्षेत्र न -२ मा बिकशाकालागी सदैव नेपाली कांग्रेस पार्टी अग्र स्थानमा रहेको प्रदेश सभा सभापति देबेन्द्र बस्नेतले बताए। यहाका जनताको मनोभावनालाई आत्मसाथ गर्दै पार्टीलाई एक ढिक्का बनाएर अगाडी बढ्ने बस्नेतले बताए।

कार्यक्रममा नेपाली काग्रेसका कोशी प्रदेशका सदस्यहरु मदन संग्रौला ,संजय भट्टराई ,ईन्दिरा अधिकारि ,जिल्ला सचिव मोदराज घिमिरे ,पुर्व जिल्ला उपसभापति शिवनारायण सिंह ,पुर्व जिल्ला सचिव यदु बिष्ट ,क्षेत्रका महाधिवेशन प्रतिनिधि ,जिल्ला सदस्यहरु ,नगर सभापतिहरु ,वडा सभापति लगायत नेता कार्यकर्ताको उपस्थिति रहेको प्रदेश सभा सचिव शुवाश सिग्देलले बताए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!