खबर ठुलो छ

हिपमत डटकम
काठमाडौं ,मंसिर २१।

त्रिभुवन विश्वविद्यालयले पाठ्यक्रम बाहिरको प्रश्न सोधको विषयमा परेको उजुरीलाई बेवास्ता गर्दै आएको छ । त्रिुभवन विश्वविद्यालयको गैरजिम्मेवारीका कारण पटकपटक विभिन्न विषयमा पाठ्यक्रम बाहिरबाट प्रश्न आउने गरेको विद्यार्थीले गुनासो बढ्न थालेपछि विश्वविद्यालय अनुदान आयोगले विश्वविद्यालयसँग त्यसको जवाफ मागेको छ । तर, विश्वविद्यालयले अनुदान आयोगको पत्रलाई ‘रेस्पोन्स’ गर्न आवश्यक ठानेको देखिँदैन ।

त्रिविले स्नातकोत्तर तह फिजिक्सअन्तर्गत सेमेस्टर प्रणालीमा सञ्चालित क्वान्टम मेकानिक्स आईको पहिलो सेमेस्टरमा पाठ्यक्रमभन्दा बाहिरबाट प्रश्न सोधेको सन्दर्भमा पटकपटक उजुरी परे पनि कारबाही प्रक्रिया अघि बढ्न सकेको छैन ।

विश्वविद्यालय अनुदान आयोगले सोधेको प्रश्नको जवाफ दिन त्रिभुवन विश्वविद्यालयले अटेर गर्दै आएको आयोगका सदस्यसचिव देवराज अधिकारी स्विकार्छन् । उनले भने, ‘क्वान्टम मेकानिक्स आईको पहिलो सेमेस्टरमा पाठ्यक्रमभन्दा बाहिरबाट प्रश्न सोधेको सन्दर्भमा उजुरी परेपछि हामीले विश्वविद्यालयसँग जवाफ मागेका छौं । तर, अहिलेसम्म जवाफ आएको छैन ।’

शिक्षामन्त्री गिरिराजमणि पोखरेल, राष्ट्रिय सतर्कता केन्द्रले त्रिभुवन विश्वविद्यालयलाई तत्काल समस्या समाधान गर्न भन्दै निर्देशन दिए पनि कारबाही प्रक्रिया अघि बढ्न सकेको छैन ।
त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीन कार्यालयले फिजिक्सअन्तर्गत सेमेस्टर प्रणालीमा सञ्चालित क्वान्टम मेकानिक्स आईको पहिलो सेमेस्टरमा कोर्सभन्दा बाहिरको प्रश्न सोधेपछि ३५ जना विद्यार्थीले परीक्षा बहिष्कार गरेका थिए । सो पत्रको बोधार्थ शिक्षा मन्त्रालयलाई समेत पठाइएको छ ।

परीक्षामा ४७ जना विद्यार्थी मात्र सहभागी भएपछि परीक्षा स्थगित गर्न माग गरिएको थियो । स्नातकोत्तर तह प्रथम सेमेस्टरको क्वान्टम मेकानिक्सको प्रश्नमा कुल ४५ पूर्णाङ्कमा ३५ अंक पाठ्यक्रम बाहिरबाट आएको र प्रश्नपत्र बाँडेर पुनः फिर्ता लिइएको अवस्थामा परीक्षा पुनः सञ्चालन गरिएपछि विवाद बनेको हो । पाठ्यक्रम बाहिरको प्रश्न रहेको र प्रश्नपत्र एकपटक बाहिर ल्याएर पुनः सोही प्रश्नपत्रबाट परीक्षा सञ्चालन गरिनु ‘गैरकानुनी’ रहेको विद्यार्थीको दाबी छ । सो विषयमा रायसुझाव पेस गर्न बनेको समितिलाई भने त्रिविले आलटार गरेर कोर्सबाट नै प्रश्न सोधिएको जवाफ दिएको थियो ।

२९ पुस २०७५ मा स्नातकोत्तर तह प्रथम सेमेस्टरको क्वान्टम मेकानिक्सको पुरानो पाठ्यक्रमको परीक्षा लिइएको थियो । परीक्षाफल ११ वैशाख २०७६ मा प्रकाशित गरिसकिएको छ ।

प्रश्नपत्र बाहिरबाट सोधेको भन्दै पीडित विद्यार्थीहरूले सतर्कता केन्द्र, शिक्षा मन्त्रालय, प्रधानमन्त्रीको कार्यालय विश्वविद्यालय अनुदान आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सूचना आयोग, त्रिविको उपकुलपति कार्यालयमा उजुरी दिएका छन् । परीक्षाको गोपनीयता भंग भएको, परीक्षाको परिणाम फेरबदल गरेको र प्रश्नपत्र निर्माणमा संलग्न व्यक्तिबाटै झुटो राय आएको विषयमा उजुरी परेको थियो । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस
जनमत

एमाले फुट्नु सहि कि गलत ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया