मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणाली नभएको जनाएको छ ।

पूर्वानुमानका अनुसार देशका पूर्वी र पश्चिमी पहाडी भू–भागका केही स्थानहरूमा आंशिक बदली भइरहेको छ ।

शुक्रबार दिउँसो भने देशका पहाडी भेगमा आंशिक बदली हुने र बाँकी भागमा भने सामान्यतया मौसम सफा रहने पूर्वानुमानमा उल्लेख छ । यसैगरी, अपरान्हपछि भने पहाडी क्षेत्रका १÷२ स्थानहरुमा मेघ गर्जन, चट्याङ र हल्का वर्षाको सम्भावना रहेको छ ।

राति देशका पूर्वी पहाडी क्षेत्रमा आंशिक र सामान्य बदली हुने साथै मध्य र पश्चिमी पहाडी क्षेत्रमा आंशिक बदली हुने मौसम पूर्वानुमानमा उल्लेख गरिएको छ । बाँकी क्षेत्रमा भने सामान्यतया मौसम सफा रहनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!