बिहिबार, चैत्र ०६, २०७६ || 1937  पटक पढिएको

मनकामना मन्दिरदर्शन गर्न जाने दर्शनार्थीहरुको सहजताका लागि संचालनमा ल्याएको मनकामना केवलकार सेवा शजिबारदेखि बन्द हुने भएको छ । कोरोना भाइरसको सङ्क्रमणको सजगताका लागि सो सेवा बन्द हुने भएको हो । मनकामना दर्शन प्रालिले आज सूचना प्रकाशित गर्दै शनिबारदेखि मनकामना केवलकारको सेवा बन्द गर्न लागिएको जानकारी दिएको छ । कम्पनीका नायब महाप्रबन्धक डिएन कायस्थका अनुसार कोरोना भाइरस सङ्क्रमण रोक्न सरकारको निर्णयलाई सहयोग पु¥याउन शनिबारदेखि कम्पनीको सेवा बन्द गर्न लागिएको हो । अब मनकामना केबलकारको सेवा चैत ३० गतेबाट मात्र सञ्चालनमा आउनेछ । कोरोनाको त्राससँगै पछिल्लो केही दिनयता केवलकारमा यात्रा गर्न आउने घटेका थिए । चितवनको इच्छाकामना–४ स्थित प्रवेशद्वार (बटम स्टेशन) रहेको मनकामना केवलकारबाट दैनिक तीन हजार ५०० को सङ्ख्यामा दर्शनार्थी मनकामना मन्दिर पुग्ने गर्दछन् । सहायता कक्ष स्थापना चितवनको इच्छाकामना गाउँपालिकाले कोरोनासम्बन्धी सचेतनाका लागि दुई ठाउँमा हेल्थ डेस्क स्थापना गरेका छन् । गाउँपालिका कार्यालय परिसर कुरिनटार र मनकामना केवलकारको बटम स्टेशन चेरेशमा स्वास्थ्य हेल्थ डेस्क आजदेखि सञ्चालनमा ल्याएको हो । मनकामना केबलकारमा एक जना स्वास्थ्यकर्मी उपलब्ध गराई सहयोग गरिएको गाउँपालिका स्वास्थ्य शाखाका संयोजक वासुदेव सापकोटाले जानकारी दिनुभयो । गोरखाको शहीद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा स्वदेशी तथा विदेशी गरी दैनिक हजारौँ दर्शनार्थी केवलकार चढेर जाने गर्दछन् । त्यसैलाई मध्यनजर गर्दै हेल्थ डेस्क सञ्चालनका लागि गाउँपालिकाले स्वास्थ्यकर्मी उपलब्ध गराई सहयोग गरिएको संयोजक सापकोटाले बताउनुभयो । स्वास्थ्यकर्मीसँगै नेपाल सरकार स्वास्थ्य मन्त्रायबाट जारी गरेको कोरोना सचेतनामूलक नारासहितको पर्चासमेत उपलब्ध गराएका छन् । गाउँपालिकाभित्रका राजमार्गका होटलमा सचेतनामूलक कार्यक्रमका साथै सचेतनामूलक माइकिङसमेत गर्न शुरु गरिएको संयोजक सापकोटाले जानकारी दिनुभयो । हेल्थ डेस्कमार्फत स्वास्थ्य जाँचसहित कोरोना सम्बन्धी सचेतनामूलक जानकारी गराउने संयोजक सापकोटाको भनाइ छ । शङ्कास्द व्यक्तिलाई परीक्षणका लागि अस्पतालमा पठाइने उहाँले बताउनुभयो । मनकामना दर्शन प्रालिले मन्दिर दर्शन गर्न जाने दर्शनार्थीका लागि दुर्ई हप्ता अघिदेखिनै एकजना स्वास्थ्यकर्मी राखी केवलकार चढ्नुअघि स्वास्थ्य जाँच गरिँदै आएको छ । अहिलेसम्मको जाँचको क्रममा कोरोनाको शङ्कास्पद व्यक्ति नभेटिएको मनकामना दर्शनप्रालिका नायब महाप्रबन्धक डिल्लीनारायण कायस्थले बताउनुभयो । उहाँले मनकामना मन्दिर दर्शन गर्न आउने यात्रुहरुलाई प्रवेशद्वार चितवनको ईच्छाकामना–४ स्थित चेरेशमा स्वास्थ्य जाँच गराएर मात्र केवलकार चढ्नका लागि अनुमति दिइएको बताउनुभयो । घटे केवलकार चढ्ने यसैबीच कोरोना भाइरसको त्राससँगै मनकामना मन्दिर दर्शन गर्न आउने दर्शनार्थीको सङ्ख्यामा कमी आएको छ । नायब महाप्रबन्ध कायस्थका अनुसार पछिल्लो समय दैनिक दुई हजारको हाराहारीमा मात्र दर्शनर्थाीहरुले केवलकार चढेर मनकामना मन्दिर जाने गरेका छन् । यो समयमा विगतका वर्षहरुमा तीन हजार ५०० को हाराहारीमा दर्शनार्थीहरुले दैनिक केवलकार चढ्ने गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!