नेपाल भारत सिमा क्षेत्र संग जोडिएको विराटनगर जोगबनी सिमा नाकामा दैनिक १६ हजारभन्दा बढीको तापक्रम परिक्षण हुदै आएको छ ।
भारतसंग खुल्ला सिमाना रहेको जोगबनी बाट नेपालतर्फ आउने यात्रुहरुमा दैनिक १६ हजार भन्दाबढीको कोरोना परिक्षण गरिदै आएको छ ।
विराटनगर महानगरपालिका अन्तर्गत कोरोना परिक्षणमा खटेको स्वास्थ्यकर्मी ध्यानचन्द« चौधरीले भारतबाट नेपाल प्रवेश गर्ने सबैको कोरेना परिक्षण गर्दे आएको जानकारी दिए । उनले भारतमा कोरोना पैmलिसकेको हुनाले थप कडाईका साथ भारतबाट आउनेको कोरोना परिक्षण गर्दै आएको जानकारी दिए ।


उनले सुरुमा दैनिक ५ सयको कोरोना परिक्षण गर्दै आएकोमा अहिले बढेर १६ हनार पुगेको तथ्याङक दिए ।
यता नेपाल प्रहरी बाट सिमानाकामा खटेको सई श्याम सुन्दर पोखरेलले नेपालको सिमामा कडा रुपमा कोरोना परिक्षण भइरहेको बताए । उनले भारत बाट नेपाल प्रवेश गर्नै गाडीका चालर र सहचालक समेतलाई कोरोना परिक्षण गर्न लगाएको जानकारी दिए ।
तर कोरोना परिक्षणमा खटेको स्वास्थ्यकर्मीहरुमा चेकजाँज गर्न आवश्यक उपकरणको भने कमी देखिएको छ । खटिएको स्वास्थ्यकर्मीहरुले व्यक्तीगत सुरक्षाकोलागी चाहिने परसनल प्रोटेक्टिङ गाउन र एन ९५ मास्क र चस्माको कमी देखिएको छ । तर उनीहरुले भने आफुसंग सबै आवश्यक उपकरण भएको दाबी गर्दै आएका छन् ।


सोही ठाउँमा बोर्डर पारी भारतमाभने नेपालको झण्डै आधा अर्थात दैनिक ७ हजारमा मात्र कोरोना परिक्षण गरिदै आएको तथ्याङक फेला परेको छ । भारत तर्पm कोरोना परिक्षणम अणुमण्डल अस्पताल फोरबिसगंजबाट खटेको कर्मचारी अलिअकबर अन्सारीले नेपालबााट भारत तर्पmजाने दैनिक ७ हजार यात्रुमा कोरोना परिक्षण गरिदै आएको बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!