हिपमत डटकम

बुधबार, जेठ २४, २०८० || 7088  पटक पढिएको

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोला सहित सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, सशस्त्र प्रहरी नायव महानिरीक्षक अन्जनी कुमार पोखरेल, राष्ट्रिय अनुसन्धान निर्देशक कृष्ण प्रसाद खनाल, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकाल लगायत सुरक्षा निकायका प्रमुखहरुले सुनसरी जिल्लाको सिमावर्ती इलाकाको निरीक्षण तथा अनुगमन गर्नु भएको छ ।

निरीक्षण तथा अनुगमनको क्रममा सुरक्षा निकायका प्रमुखहरुले सिमावर्ती इलाकाहरुमा परिचालित नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिनुका साथै अन्तरक्रिया समेत गर्नु भएको थियो । सो अन्तरक्रिया कार्यक्रममा सिमावर्ती एरिया इलाकामा परिचालित सुरक्षाकर्मीहरुबाट उठेका प्रश्नहरुका सम्बन्धमा प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रदेश प्रमुखज्यूहरुद्वारा आफ्नो धारणा राख्नुका साथै सीमा नाकाबाट हुने गैर कानूनी कृयाकलाप रोक्न सबैले आपसी समन्वय र सहकार्य गरी एउटै टिमको रुपमा प्रस्तुत भई कडाईका साथ कार्यान्वयन गर्न समेत निर्देशन दिनु भएको थियो ।

सशस्त्र प्रहरी सिमा सुरक्षा बल कप्तानगंजमा भएको निर्देशन तथा अन्तरक्रिया कार्यक्रममा सुनसरीको अमडुब्बा, सितागंज, साहेवगंज, देवानगंज, राजगंज सिनवारी, चिमडी एरियामा परिचालित नेपाल प्रहरी र सशस्त्र प्रहरी वल नेपालका युनिट ईन्चार्जहरु सहभागी रहेका थिए भने सिमा सुरक्षा बेस उल्टी सुनसरीमा भएको निर्देशन तथा अन्तरक्रिया कार्यक्रममा भाण्टावारी, लौकही, नरसिंहटप्पु, भुटाहा, हरिनगरा एरियामा परिचालित नेपाल प्रहरी र सशस्त्र प्रहरी वल नेपालका युनिट ईन्चार्जहरु सहभागी रहेका थिए । साथै सिमावर्ती इलाकाको निरीक्षण तथा अनुगमनको क्रममा उक्त एरियामा रहेका भारतिय सुरक्षा निकायका पदाधिकारीहरुसंग समेत संक्षिप्त अन्तरक्रिया समेत भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!