रबिन्द्र बराल

बुधबार, जेठ २४, २०८० || 64545  पटक पढिएको

रंगेली। माेरङकाे रंगेली कानेपाेखरी सडक खन्ड अन्तर्गत कानेपाेखरी गाउँपालिका २ स्थित गेउरीया खाेलकाे पुल पुनः कछुवा काे गतिमा निर्माण भईरहेकाे छ ।

ठेक्केदारले बारम्बार म्याद थप गरेतापनि अहिलेसम्म पनि काम भने सम्पन्न हुन सकेकाे छैन । उक्त पुलकाे निर्माण कार्य २०७१ सालमा फिचर एन्ड सराउद्धिन जेविले १५ मिटर लम्बाई पुल निर्माण गर्न १ कराेड १८ लाख रुपैयाँ मा ठेक्का पाएकाे थियोे । तर ९ बर्ष बितिसक्दा समेत पुल काे काम भने सम्पन्न हुन सकेको छैन ।

एक महिना देखि पुल ढलानका लागि छड बाध्ने काम सुरु भएको र पुलकाे काम कछुवाकाे गतिमा अगाडि बढिरहेको स्थानीयहरुले हिपमत मिडियालाई बताए । बर्षातको समयमा यहाको स्थानियहरुले निकै नै पिडा भोग्नु परेको उनीहरुले बताए। दैनिक आवत जावतमा समेत समस्या पर्दै गएको उनीहरुको भनाई छ। यो बाटोबाट यात्रा गर्दा जोखिम हुन्छ जुनसुकै बेला पनि ठुलो दुर्घटना हुन् सक्छ त्यस कारण समयमा नै यो पुल निर्माण हुन् आवश्यक छ यसरि कछुवाको गतिमा काम भयो भने अझै कति समय लाग्ला स्थानियहरुले संका समेत व्यक्त गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!