हिपमत डटकम

बुधबार, जेठ २४, २०८० || 855  पटक पढिएको

कोसी प्रदेशसभा सरकारबाट बाहिरिने माओबादी केन्द्रले निर्णय गरेको छ । मंगलबार बसेको कोसी प्रदेश संसदीय दल र माओवादी केन्द्र प्रदेश कार्यालय (पदाधिकारी) को बैठकले उक्त निर्णय गरेको हो ।

नेकपा (माओवादी केन्द्र)ले कोसी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएर दुई मन्त्रीहरूले राजीनामा पनि बुझाएका छन् । एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फर्ता लिने निर्णय गरिएसँगै मन्त्रीहरूले पनि राजीनामा दिएको माओवादी केन्द्र कोसी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्वाङले जानकारी दिए । उनले अब माओवादीकै नेतृत्वमा सरकार बनाउन कसरत गरिने बताए ।

माओबादीबाट भौतिक पूर्वाधार विकास मन्त्री दुर्गाप्रसाद चापागाईँ र पर्यटन, वन तथा वातवरण मन्त्री जीवन आचार्यले राजीनामा दिएका हुन् । माओवादीको प्रदेश समितिले सरकारबाट बाहिरिने निर्णय गरेपछि उनीहरुले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा बुझाएका छन् । उनीहरू गत पुस २५ गते मन्त्री नियुक्त भएका थिए ।

यससँगै मुख्यमन्त्री कार्कीको नेतृत्वमा बनेको कोसी प्रदेश सरकार अल्पमतमा परेको छ । यसअघि जसपाबाट स्वास्थ्य मन्त्री रहेकी निर्मला लिम्बूले राजीनामा दिइसकेकी छन् । अब एमालेलाई राप्रपाको मात्रै समर्थन रहेको छ । तर, एमाले र राप्रपाको सिट संख्या जोड्दा ४६ मात्रै पुग्छ । जबकि, सरकार निर्माणका लागि ४७ सिट आवश्यक पर्ने हुन्छ ।

अब मुख्यमन्त्री कार्कीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । मुख्यमन्त्री कार्कीले विश्वासको मत नपाएको अवस्थामा स्वतहः सरकार ढल्ने संवैधानिक व्यवस्था रहेको छ ।

अब कसको नेतृत्वमा सरकार बन्छ भन्ने चासोको विषय रहेको समयमा दलहरूले भने आ–आफ्नै अडान राखेका छन् । नेपाली कांग्रेसले पनि आफ्नै नेतृत्वमा सरकार बनाउने कसरत सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!