हिपमत डटकम

सोमबार, जेठ २२, २०८० || 1512  पटक पढिएको

बिराटनगर ।कोशी प्रदेशका बिभिन्न जिल्लाहरुबाट नियन्त्रीत लागूऔषध ब्राउनसगुर सहित आईतवार १० जनालाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको RIT समुहबाट खटिएको प्रहरी टोलीले मोरङको सुन्दरहरैचा नगरपालिका-९ सलकपुरबाट स्थानीय २६ बर्षीय मोहमद अस्लाम र २५ बर्षीय महेश ठाकुरलाई ९५० मिलिग्राम लागूऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

यसैगरी झापाको अर्जुनधारा नगरपालिका-११ बसपार्कबाट अर्जुनधारा नगरपालिका-१० का ३० बर्षीय बिक्रम लिम्बु र फिदिम नगरपालिका-१ का ३४ बर्षीय मदर मगर ३६ ग्राम लागूऔषध ब्राउनसुगर, डिजिटल तराजु १ थान र नगद २ हजार ५३० सहित  पक्राउ परेका हुन् भने झापाकै भद्रपुर नगरपालिका-७ बाट स्थानीय ३७ बर्षीय अजित बिश्वकर्मा २ ग्राम १२० मिलिग्राम लागूऔषध ब्राउनसुगर सहित पक्राउ परेका छन् । बिश्चकर्माको साथबाट प्रहरीले ३ थान डिजिटल तराजु र बिभिन्न कम्पनीका १६ थान मोवायल समेत बरामद गरेको छ ।

यसैगरी ईलामको ईलाका प्रहरी कार्यालय पशुतिनगरबाट खटिएको प्रहरी टोलीले ईलाम नगरपालिका-९ का २७ बर्षीय निशान खवास, फाकफोकथुम गाउँपालिका-१ का २५ बर्षीय बिमल लिम्बु र सन्दकपुर गाउँपालिका-४ का २७ बर्षीय निशान गुरुङलाई १९ ग्राम ३३० मिलिग्राम लागुऔषध सहित पक्राउ गरेको छ ।  झापाबाट मोटरसाईकलमा ईलाम तर्फ जाँदै गरेका उनीहरुलाई ईलामको छिपिटारमा चेकजाँच गर्ने क्रममा उनिहरुको साथबाट उक्त परिणामको ब्राउनसुगर, लागुऔषध ट्याब्लेट Nitrazepam १० ट्याब्लेट, Navycut ६ बट्टा र ६ थान मोवायल समेत बरामद गरेको छ । यसैगरी भोजपुर नगरपालिका-६ का ३८ बर्षीय सन्तोष बराईली टेम्केमैयुम गाउँपालिका-३ बाट १ ग्राम ९७० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका छन् ।

बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरी टोलीले बराईलीलाई आईतवार बिहान पक्राउ गरेको हो । यता मोरङको केरावारी गाउँपालिका-६ कालापनीबाट स्थानीय २७ बर्षीय बिधान राईलाई लागुऔषध ट्याब्लेट सहित प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय केरावारीबाट खटिएको प्रहरी टोलीले राईलाई स्सपेन (Spaspain) १६० पिस र ट्रमाडोल (Tramadol) १६० पिस गरी जम्मा ३२० पिस ट्याबलेट  प्रतिबन्धित औषधी सहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धीत प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!