हिपमत डटकम

शनिबार, जेठ २०, २०८० || 1015  पटक पढिएको

काठमाडौँ । गायिका समिक्षा अधिकारी र गायक गोकुल खरेलको स्वर रहेको ए सुवा बोलको गीतको भिडियो सार्वजनिक भएको छ । इञ्जिनियर सागर खरेलका शब्द , दीपक शर्माको संगीत रहेको गीतमा उदय राज पौडेलको एरेन्ज रहेको छ । जसमा मोडलद्धय समारिका दाहाल र जोन बमको अभिनय रहेको छ । सुदुरपश्चिमको मौलिक भाषामा आधारित रहेर प्रेमीले प्रेमीकालाई मायालु भाषामा गरिएको सम्बोधन हो ए सुवा त्यस्तै प्रेमीकाले प्रेमीलाई ए साई भन्छन् । कञ्चनपुरका गायक गोकुलले ए सुवा मार्फत एक प्रेमील जोडीको रमाइलो प्रेम कथा देखाउन खोजेको बताए ।

ए सुवा मार्फत एक प्रेमील जोडीको रोमाञ्चक प्रेम कथालाई कलात्मक रुपमा भिडियोमा निर्देशक उत्तम श्रेष्ठ शिशिरले प्रस्तुत गरेका छन् । गायक गोकुल हाल व्यबसायको सिलसिलामा जापानमा छन् । युवा व्यबसायी समेत रहेका गायक गोकुलले यसअघि फुलेको फुल, सिकाउँदैछ केही, उडाइलगेछ, आधा परान, फुलेको फुल, कहाँ थियौ, हामी स्वास्थ्यकर्मी, राष्ट्रिय गीत गुन्द्रुक ढिँडो , भमरा, लगायतका १ दर्जन बढी गीत बजारमा आइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!