बिहिबार, चैत्र ०६, २०७६ || 824  पटक पढिएको

एल साल्भाडोरमा कोरोना भाइरस सङ्क्रमण भएको पहिलो व्यक्ति भेटिएको राष्ट्रपति नायब बुकेलेले बताउनु भएको छ । कोरोना भाइरसको सङ्क्रमण देखिएका यी व्यक्ति इटालीको यात्राबाट हालै फर्किएको प्राप्त समाचारमा जनाइएको छ । हाल यी व्यक्ति मतापानको साल्भाडोरन नगरपालिकामा अलग्ग राखिएको (आइसोलेसन) बुकेलेले टेलिभिजनमार्फत बताउनु भएको छ । सङ्क्रमणसँग जुध्न एक विशेष अस्पतालको पनि घोषणा गरिएको र नागरिकहरूले घरमै बस्नेलगायत स्वास्थ्य अधिकारीहरूले जारी गरेको सरसफाईको नियम पनि अनुसरण गर्न सुझाव दिइएको राष्ट्रपति बुकेलेले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!