हिपमत डटकम

बुधबार, जेठ १७, २०८० || 297  पटक पढिएको

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले राजनीतिक दलको लेखा परीक्षण गर्न निर्वाचन आयोगमा पाँच जना विशेषज्ञ कर्मचारी पठाउने निर्णय गरेको छ। आयोगले आग्रह गरेबमोजिम महालेखा परीक्षकको कार्यालयले राजपत्राङ्कित द्वितीय श्रेणीका कर्मचारीको नेतृत्वमा पाँच सदस्यीय विज्ञ टोली पठाउने निर्णय गरेको हो। उक्त टोली बुधबारदेखि आयोगमा पुग्नेछ।

महालेखा परीक्षकको कार्यालयका प्रवक्तासमेत रहनुभएका नायब महालेखा परीक्षक रवीन्द्रप्रसाद देवकोटाले राजनीतिक दलको लेखा परीक्षण गर्न निर्देशक ललितबहादुर शाक्यको नेतृत्वमा पाँच जना विशेषज्ञ कर्मचारी परिचालन हुने जानकारी दिए कार्यवाहक महालेखा परीक्षक राममाया कुँवर विदेश भ्रमण सकेर नेपाल फर्केपछि पदबहाली गरेकै दिन सो निर्णय गरे । आयोगले जेठ ७ गते नै महालेखा परीक्षकको कार्यालयलाई कर्मचारी पठाउन अनुरोध गर्दै पत्राचार गरेको थियो।

प्रवक्ता देवकोटाका अनुसार विशेषज्ञ कर्मचारीको टोलीमा राजपत्राङ्कित तृतीय श्रेणीका दुई जना रञ्जितकुमार भट्ट र दीपकराज आचार्य तथा राजपत्र अनङ्कित प्रथम श्रेणीका दुई जना एकराज कुलुङ र अस्मिता भुजेललाई आयोगमा पठाउने निर्णय भएको छ। उनले भने, “निर्णयबमोजिम पाँचै जना कर्मचारी भोलिदेखि नै आयोग पुग्नेछन्। आयोगले सन्दर्भ सर्त दिएपछि काममा लाग्ने छन्।”

आयोग पदाधिकारीको बैठकले नै विशेषज्ञ कर्मचारीको सङ्क्षिप्त सर्त तय गरिसकेको छ। जस अनुसार दलले प्राप्त गरेको स्वैच्छिक आर्थिक सहयोग र आर्थिक सहायताको लेखा विवरण माग गरी जाँच एवं परीक्षण गर्ने अधिकार दिइएको छ। विशेषज्ञ टोलीले दलले पेस गरेको लेखा परीक्षण प्रतिवेदन तथा उपलब्ध गराइएको विवरण र कागजातका आधारमा दलको आम्दानी तथा खर्च प्रचलित कानुनबमोजिम भएरनभएको जाँच गरी आयोगसमक्ष प्रतिवेदन पेस गर्नुपर्ने छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!