खबर ठुलो छ

हिपमत डटकम
गुल्मी रिडी,मंसिर २१।

बादर आतंकले खाद्यान्न बाली सखाप पारेको भन्दै स्थानीयले गुनासो गरेका छन् । मुलुकका विभिन्न जिल्लामा बाँदर आतंकले अन्नबाली सखाप पारेको भन्ने समाचार आज भोली आईरहेका बेला गुल्मीमा पनि यस्तो गुनासो आएको हो । रिडी गाउपालिका १ रुरुक्षेत्र बिष्णु पंजरमा पनि यस्तै गुनासो आएको जानकारी हामीले तलको भिडियोमा देखाएका छौ ।

स्थानीयले बाँदर धपाउन अनौठो तरिका अपनाएका छन् । जंगल र मठमन्दिरमा रमाउने बाँदरले पछिल्ला समयमा गाउँघरमा जाने र खेतवारीमा लगाएको अन्नवाली खाइदिएर हैरान पार्न थालेपछि वादर धपाउन नक्कली अर्थात “गुडिया” बाघको प्रयोग गर्न थालेको जानकारी आएको छ। बारीमा लगेर नक्कली बाघलाई राखेपछि बाँदर भाग्ने र केही दिनका लागि त्यस ठाउँ बरिपरि बाँदर नआउने स्थानीयको भनाई छ ।

स्थानीय संगको कुराकानीमा आमा बताउनु हुन्छ बादरले खान दिदैन आटीमा समेत पुग्छ राखेको अन्न नस्ट गरि दिन्छ भन्दै धेरै गुनासो हामी संग राख्नु भयो । यसै बिषयमा केन्द्रित हुदै हामीले बादर आतंक मात्रै नभएर यसको समाधान स्थानीयहरुले कसरी गरी रहेका छन् र अहिले प्रभावकारी भएको छ कि छैन भन्ने त्यो बिषयमा जानकारी हामीले यस भिडियोमा सार्बजनिक गरेका छौ।

कृतिम बाघ राखेर बादरको बगाल हरुलाई एउट डर त्रास देखाएर अहिले सम्म हामीले बादरहरुलाई धपाउन सफल भएका छौ र पछिल्ल्लो करिब १ बर्ष सम्म हामीलाई बादरहरुले दुख: दिएको छैन र खासै देखा परेको पनि छैन भन्ने जानकारी गराउनु भयो ।

नक्कली बाघ देखाएर मात्र कति समयलाई बाँदर भाग्लान् भन्ने कुरा भने सोचनीय छ ।

शनिबार, मंसिर २१, २०७६मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
जनमत

आउदो निर्वाचनमा तपाईको मत कुन पार्टीलाई ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया