बिहिबार, चैत्र ०६, २०७६ || 1320  पटक पढिएको

दाङको भारतसँग सीमा जोडिएको राजपुर गाउँपालिका वडा नं ६ को खांग्रा नाकामा आज सशस्त्र प्रहरी बल नेपाल ‘बोर्डर आउट पोष्ट’ स्थापना गरिएको छ । पोष्टको बुधबार सशस्त्र प्रहरी बल नेपाल नं ५ प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक नारायणदत्त पौडेल र दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले संयुक्तरुपमा उद्घाटन गर्नुभयो । कार्यक्रममा सशस्त्र प्रहरी नायब महानिरीक्षक नारायणदत्त पौडेलले सीमा सुरक्षा बल स्थापनापछि अब सीमामा हुने अपराध नियन्त्रण गर्ने, लागुऔषध ओसारपसार जस्ता आपराधिक गतिविधिलाई नियन्त्रण गर्ने बताउनुभयो । उहाँले भारतसँग सिमाना जोडिएका ११४ वटा नाकामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट स्थापना गर्ने नेपाल सरकारको लक्ष्य रहेको बताउनुभयो । दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले यो आर्थिक वर्षमा दाङको सीमा नाकामा १२ वटा प्रस्तावित सशस्त्र प्रहरीको क्याम्प स्थापना गर्ने लक्ष्य रहे तापनि हालसम्म तीन वटा स्थापना गर्न सफल भएको र बाकी नौ वटा क्याम्प स्थापना गर्नका लागि कार्ययोजना बनाइरहेको जानकारी दिनुभयो । । राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीले नाका क्षेत्रमा सशस्त्र प्रहरीको क्याम्प स्थापना हुनु अत्यन्तै खुशीको कुरा भएको बताउँदै अब नाकाका बासिन्दा भारतीय नागरिक र भारतीय सुरक्षाकर्मीसँग हेपिनु नपर्ने बताउनुभयो । अहिलेसम्म नेपाली भूमिलाई विनाबर्दीका सिपाही भएर जनताले सुरक्षा दिएकोप्रति खुशी व्यक्त गर्दै आगामी दिनमा सुरक्षाकर्मीसँग सहकार्य गरेर शान्ति सुरक्षामा सहयोग पु¥याउन आग्रह गर्नुभयो । गसुनपथरी र खांग्रा नाकामा स्थापना भएका सशस्त्र प्रहरीको भौतिक संरचना निर्माणका लागि रु पाँच÷पाँच लाख उपलब्ध गराउन गाउँपालिकाबाट निर्णय भइसकेको समेत गाउँपालिकाका अध्यक्ष केसीले बताउनुभयो । यसअघि राजापुर गाउँपालिकाको सुनपथरी र कोइलाबास नाकामा सशस्त्र प्रहरीको पोष्ट स्थापना भइसकेका छन् । पटौली, गुरुङ, भैसाही, भौवा, सिरिया, भौरिसाल, मुसिनाका र डगमारा नाका सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट स्थापना गर्नका लागि प्रस्तावित नाका हुन् । यी प्रस्तावित नाकामा सशस्त्र प्रहरीको १२ वटै क्याम्प कम्तीमा छदेखि सात किलोमिटरको दूरीमा रहनेछन् । हाललाई खांग्रा नाकामा रहेका महिलाको उज्यालो समूहको सामुदायिक भवनलाई तारवार गरेर क्याम्प बनाइएको छ । सशस्त्र प्रहरी निरीक्षक रुपचन्द्र थापाको काण्डमा २५ जनाको टोली त्यहाँ खटाइएको छ । सो अवसरमा २९ नम्बर गण हेडक्वाटर ज्वालामाई भालुबाङका गणपति एसपी नारायण श्रेष्ठ लगायतको सहभागिता थियो । उपस्थित स्थानीयले वर्षौंदेखि भारतीय सुरक्षाकर्मी र भारतीय नागरिकको ज्यादति सहनु परेको र सशस्त्र प्रहरीको पोष्ट स्थापना भएपछि अब ज्यादति सहनुपर्ने छैन भनी खुशी भएका छन् । उनीहरुले नाकामा राज्यको उपस्थिति भएपछि गर्वले शिर उच्च भएकोसमेत बताएका छन् । भारतसँग सिमाना जोडिएको यो नाकामा ५०÷६० घरधुरी बसोबास गरेका छन् । दाङको घोराहीदेखि दक्षिणमा ७०÷७५ किलोमिटरको दूरीमा यो नाका अवस्थित छ । सडक बाटोको अवस्था नाजुक भएकाले त्यहाँसम्म पुग्नका लागि निकै कठिन छ । अझैसम्म नाका क्षेत्रमा बिजुली बत्ती र नेटवर्कको पहुँच हुन सकेको छैन । हिउँदमा ट्र्याक्टर र मोटरसाइकल मात्र आवतजावत गर्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!