हिपमत डटकम

बिहिबार, जेठ ११, २०८० || 1138  पटक पढिएको

विराटनगर । कोसी प्रदेशसभाले प्रदेशसभा सदस्य र संसदीय समितिका सचिवहरूलाई दिने ल्यापटप खरिद प्रक्रिया रद्ध गरिएको छ । कोसी प्रदेशसभा सचिवालयको बैठकले विवादित खरिद प्रक्रिया रद्ध गर्ने निर्णय लिएको हो ।
चौतर्फी आलोचना हुन थालेपछि ल्यापटप खरिद प्रक्रिया नै रद्ध गरेको हो ।

सांसद र संसदीय समितिका सचिवहरूलाई १–१ वटा ल्यापटप दिने भन्दै कोसी प्रदेश सरकारले रकमान्तर गरेर बजेट विनियोजन गरेको थियो ।
प्रदेशसभा सचिवालयले प्रदेशसभा सदस्य र संसदीय समितिका सचिवलाई दिनका लागि १ सयवटा ल्यापटप खरिद गर्न टेण्डर आह्वान गरेर प्रक्रिया अगाडि बढाएको थियो । तर,आलोचना भएपछि प्रदेशसभाका ३ ठूला दल नेकपा (एमाले), नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले ल्यापटप नलिने निर्णय गरेका थिए । ल्यापटप खरिद प्रक्रियाप्रति ३ वटै दलले आपत्ति जनाएका छन् ।
प्रदेशसभा सचिवालयका प्रवक्ता गौतमराज अमात्यले सचिवालयको बैठकले बोलपत्र रद्ध गरेको जानकारी दिए । आर्थिक वर्षको अन्त्यतिर बजेट रकमान्तर गरेर प्रदेशका सांसद र संसदीय समितिका सचिवहरूलाई ल्यापटप दिन भन्दै प्रदेश सरकारले १ करोड ५० लाख रूपैयाँ विनियोजन गरेको थियो । सोहीअनुसार प्रदेशसभा सचिवालयले अघिल्लो सोमबार अर्थात जेठ १ गते ३० दिनको म्याद राखेर टेण्डर आह्वान ग¥यो ।

कोसी प्रदेशका ९३ जना सांसद र ७ वटा संसदीय समितिका सचिवलाई ल्यापटप वितरण गर्ने तयारी थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!