बिहिबार, चैत्र ०६, २०७६ || 863  पटक पढिएको

विराटनगरका ३ उदयमान युवा पत्रकारहरु सम्मानित हुने भएका छन । आशियाना ईन्टरेशनल जर्नलिस्ट काउन्सिलले उनीहरुलाई सम्मान गर्ने भएको हो ।

सम्मानित हुनेमा जेनवान न्युज डटकमका सञ्चालक एवं प्रकाशक शिवम मिश्र , हाम्रोमत दैनिक एवं हिमशिखर टेलिभिजनका संवाददाता राकेश कर्ण र मकालु टेलिभिजनकी संवाददाता उषा सरदार रहेका छन ।

उनीहरुलाई आगामी बैशाख ५ गते भारतको सुपौलस्थित गान्धी मैदानमा हुन गईरहेको एक कार्यक्रमकाबिच “ईन्टरनेशनल जर्नलिस्ट एक्सलेन्स अवार्ड” बाट सम्मानित गरिने जर्नलिस्ट काउन्सिलका अध्यक्ष राजेश कुमार शर्माले बताउनुभयो ।

उहाँले सञ्चार क्षेत्रको माध्यमबाट लागुऔषध र दाईजोप्रथा जस्ता विकृति विसङगतिको विपक्षमा कलम चलाउँदै भारतीय र नेपाली सञ्चारमाध्यमबिचको सम्बन्ध अझ प्रगाढ बनाउन महत्वपुर्ण भुमिका निर्वाह गरेकाले उनीहरुलाई गर्न लागिएको जानकारी समेत दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथी अयोध्यामा अवस्थित राम मन्दिरका संस्थापक कामेश्वर चौपाल रहनुभएको छ । त्यस्तै कार्यक्रमको संयोजन भने भारतका सञ्चारकर्मी मेराज सिद्धिकी र अशोक झा ले गर्नुहुने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!