जिल्ला प्रहरी कार्यालय सिरहाले मास्क बनाउन थाल्योकोे छ ।
कोरोना भाइरसको संक्रमण नेपालमा फैलिन नदिन विभिन्न पूर्व सावधानीहरू अपनाइएका छन् । विश्व स्वास्थ्य सङ्गठनले नेपाल कोरोना भाइरस संक्रमण को उच्च जोखिममा रहेको बताइरहँदा बजारमा मास्क लगायत दैनिक उपभोग्य सामानको कृत्रिम अभाव समेत सिर्जना हुन थालेको छ ।
यसै सन्दर्भमा कोरोना भाइरसको संक्रमण फैलने हल्ला बढेपछि बजारमा र मास्क बिक्री गर्ने डिलरले समेत मास्क दिन नसक्दा मास्क अभाव भएकोले जिल्ला प्रहरी कार्यालय सिरहाले मास्क उत्पादन गर्न सुरु गरेको छ । सिरहा प्रहरीले कोरोना भाइरसको संक्रमण फैलिन नदिन पूर्व सावधानी अपनाउन समेत आग्रह गरेको छ । कोरोनाको सन्त्रास बढेको भन्दै प्रहरीले मातहतका कर्मचारी, स्थानीयवासी र थुनुवालाई समेत मास्क बनाएर वितरण गरेका छन् ।
बजारमा कतै कुनै किसिमको मास्क भेटिन्न,’ उनले भने, ’हामीले आफ्नो तर्फबाट सानो पहल गर्दा ठूलो जोखिम टर्न सक्छ । त्यसैले मास्क उत्पादन गर्ने भएका हौं। स्थानीय बजारमा उपलब्ध हुने सुती कपडा मास्क उत्पादनका लागि प्रयोग गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी उमा प्रसाद चतुर्बेदीले प्रहरी कार्यालय सहित मातहतका इलाका प्रहरी कार्यालय, प्रहरी चौकीका करिब १००० भन्दा बढी थुनुवा, मातहतका कर्मचारी र करिब २०० स्थानीयहरूलाई मास्क वितरण गरिएको चतुर्बेदीले जानकारी दिए