हिपमत डटकम

आइतबार, जेठ ०७, २०८० || 5227  पटक पढिएको

विराटनगर । प्रहरीले विराटनगरबाट २२ किलो गाँजा बरामद गरेको छ । गाँजा तस्करलाई लखेट्दै २२ किलो गाँजा शनिवार भारतीय सिमावर्ती क्षेत्र वाट बरामत भएको हो ।
तस्करलाई लखेट्ने क्रममा एक जना प्रहरी घाइते समेत भएका छन् । प्रहरी सहायक हवल्दार ३१ वर्षीय राजा साह घाइते भएका हुन् ।

विराटनगर महानगरपालिका–१८ मुसहरी टोली हुँदै भारततर्फ लगिने क्रममा गाँजा बरामत भएको मोरङ प्रहरीले जनाएको छ ।

प्रहरीलाई देख्नासाथ गाँजा फ्यालेर तस्करीमा संलग्न फरार बनेका थिए । गाँजा फ्यालेर भागेका व्यक्तिलाई नियन्त्रणमा लिनका लागि लखेट्ने क्रममा लडेर साह घाइते भएका हुन् ।

खुट्टामा चोट लागेका उनलाई उपचारका लागि विराटनगरको कोसी अस्पताल भर्ना गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।

नेपाल–भारत सीमानाका हुँदै भारततर्फ लैजाँदै गरिएको अन्दाजी २२ किलोग्राम गाँजा राति ११ः१५ बजेतिर बरामद गरिएको हो । बोरामा प्याक गरी टाउकोमा बोकेर २ जना व्यक्तिले भारत कटाउने तयारी गर्दैगर्दा विराटनगर–१८ मुसहरी टोलबाट गाँजा बरामद गरिएको उनले बताए

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!