हिपमत डटकम

आइतबार, जेठ ०७, २०८० || 3573  पटक पढिएको

विराटनगर । सेनेटरी प्याट भित्र प्रतिबन्धित लागुऔषद ब्राउन सुगर ओसार पोसार गर्ने एक युवती पक्राउ परेकी छिन्।
भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा सेनेटरी प्याडभित्र प्रतिबन्धित लागु औषध ब्राउन सुगर लुकाएर काठमाण्डौ लैजाने खोज्ने एक युवती पक्राउ परेकी हुन ।
पक्राउ पर्नेमा झापा जिल्ला कमल गाउँपालिका– ७ घर भई हाल काठमाडौँ नारायण थान डेरा गरी बस्ने २६ वर्षीया एन्जल राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

शनिवार बिहान ११ः०५ बजेको समयमा विमानस्थलमा खटिएका सुरक्षाकर्मीले शरीर चेकजाँच गर्ने क्रममा राईलाई १५ ग्राम ६६० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो । उनी यति एयरलाइन्स चढेर काठमाडौँ जान लागेकी थिइन् । राईले लगाएको भित्रीबस्त्र (पेन्टी) मा प्याडको बीच भागमा प्लास्टिकमा पोको पारी ब्राउन सुगर लैजान खोजेका थिए ।

उनको साथमा रहेको नागरिकता र रेडमी मोबाइलसमेत बरामद गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको डीएसपी रिजालले बताए । यसअघि गत वैशाख २१ गते विमानस्थलबाटै प्याडभित्र ब्राउन सुगर लुकाएर लान खोज्दा मकवानपुर हेटौँडा उपमहानगरपालिका–१ घर भई झापाको मेचीनगर बस्ने २१ वर्षीया सोनी श्रेष्ठ र सन्ध्या श्रेष्ठ पक्राउ परेका थिए । भद्रपुर विमानस्थलबाट बुद्ध एयरको जहाजबाट काठमाडौँ जाने क्रममा उनीहरू पक्राउ परेका थिए । उनीहरूको साथबाट ७६ ग्राम ३४० मिलिग्राम ब्राउन सुगर बरामद भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!