रंजित चौरसिया

शनिबार, जेठ ०६, २०८० || 64577  पटक पढिएको

बारा ।नेपाल र भारतको खुल्ला सीमा नाकाको फाइदा उठाउदै प्रहरीकै सेटिङमा तस्करी भइरहेको आरोप जोडतोडका साथ उठन थालेको छ । सशस्त्र प्रहरी बल नेपाल १२ नम्बर गण बाराबाट खटिएको सादा पोशाक टोलीका कारण बारा जिल्लामा हालको समयमा निर्वाध रुपले तस्करी हुने गरेको पाइन्छ ।

सशस्त्र प्रहरी बल नेपाल संगठनका प्रमुख आईजीपि राजु अर्यालले संगठन भित्र कुनै किसिमको घुमुवा परिचालन नगरेको दावी गरिरहेकै बेला तस्करी चलाउन बारामा २ जना घुमुवालाई खटाइएको समाचार स्रोतले जनाएको छ । सशस्त्र प्रहरी बल नेपाल संगठनको नीति निर्देशनलाई धज्जि उडाउदै २ जनाको समुहमा सादा पोशाकमा टोली परिचालन भएको पाइन्छ । उनिहरुको कार्य आर्थिक कलेक्सन र माथिल्लो निकायसम्म पु¥याउने रहेको जनाईएको छ ।

श्रोतका अनुसार १२ नम्बर गणबाट सशस्त्र प्रहरी सहायक निरीक्षक अरुण नक्रमी र सशस्त्र प्रहरी जवान रंजित गुप्ता परिचालन भएको श्रोतको दावी रहेको छ । बारा जिल्लाको छतवा, मटिअर्वा, बरैनिया, अमवा, पिपरपाती, कचोर्वा र सिम्रौनगढ नाकाबाट तस्करीको लाइन संचालन भएको जनाईएको छ । भारतबाट अवैध तरिकाले कपडा, भैसी, हार्डवेयर, किराना समाग्री समेत भित्रयाउनको निम्ति लाखौ रुपैया सशस्त्र प्रहरीको घुमुवाले लिएको बारे चर्चाको बिषय बनेको छ ।

सशस्त्र प्रहरी बल १२ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक टोपबहादुर डाँगीका बिश्वास पात्रका रूपमा रहेका १२ नम्बर गणमा कार्यरत कोटमस्टर सशस्त्र प्रहरी सहायक निरीक्षक अरुण नक्रमी र ३७ नम्बर गणमा दरबन्दी रहेका सशस्त्र प्रहरी जवान रंजित गुप्ताले बारा जिल्लामा आर्थिक ताण्डव मच्चाईरहेका श्रोतको कथन रहेको छ ।

तत्कालिन सिपि गौतमको पालामा बीरगंज भन्सारको घुमुवा भनेर न.१ प्रदेश ३७ नं. गणमा लखेटिएका सप्रज रंजित गुप्ता फेरि न.१२ गण बारामा काज गराई बारा जिल्लाको घुमुवा बस्न सफल भएको बताईएको छ । गुप्ता बारम्बार बिवादमा मुछिदा पनि निजको दरबन्दी फिर्ता नगर्नुको कारण यहिबाट प्रष्ट देखिनछ कि बारा जिल्लाको सशस्त्र प्रहरी उपरिक्षकले आर्थिक शंकलनको लागि नै राखेको चर्चा बढन थालेको छ । यस बिषयमा माथिल्लो निकायको ध्यान जान अति अवाश्यक रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!