निशान कंडेल

शुक्रबार, जेठ ०५, २०८० || 4359  पटक पढिएको

बिराटनगर । मोरङको बिराटनगर महेन्द्र चोकमा रहेको पारस हस्पिटल र गिरिजाप्रसाद कोईराला फाउन्डेसन कोशि प्रदेश बिच मानव सेवा को लागि सम्झौता भएको छ ।

कोशी प्रदेशको विभिन्न जिल्लाहरुमा निशुल्क स्वास्थ्य शिविर संचालन गर्न र गरिब तथा आर्थिक अवस्था कमजोर भएका बिरामीहरुलाई निशुल्क उपचार देखि छुटसम्म गर्ने सम्झौता भएको गिरिजाप्रसाद कोईराला फाउन्डेसन कोशी प्रदेशका अध्यक्ष राजेश गुप्ताले बताए ।

सम्झौतामा पारस हस्पिटलका तर्फबाट सन्चालक डाक्टर सफिउर रहमना र फाउन्डेसनको तर्फबाट केन्दिय अध्यक्ष तथा नेपाल सरकारका पुर्व उपप्रधानमन्त्री सुजता कोईरालाले हस्ताक्षर गरेका हुन् । सम्झौतामा हस्ताक्षर गरेकै दिन गिरिजाप्रसाद कोईराला फाउन्डेसनको पहलमा पारस हस्पिटलले सुनवर्षी नगरपालिका वडा न -२ का ४२ बर्षिय सम्भु ऋषिदेवको हस्पिटलले निशुल्क उपचार गरिदिने भएको छ । उनलाई सुनवर्षिबाट नै हस्पिटलको एम्बुलेन्समा ल्याईएको हो ।

पारस हस्पिटलले गरिब दुखिको लागि गरिरहेको सेवा अतुलनीय रहेको फाउन्डेसनकि केन्द्रिय अध्यक्ष सुजाता कोईरालाले बताईन । सम्झौताले बिपन्न तथा गरिबिले उपचार गर्न नसकेकाहरुलाई सेवामा टेपा पुग्ने उनले बताईन ।

पारस हस्पिटलका संचालक डाक्टर सफिउर रहमानले फाउन्डेसनसंग मिलेर नागरिकको सेवामा समर्पित हुने बताए ।उनले फाउन्डेसनले पहिचान गरेको आर्थिक अवस्था कमजोर भएका बिरामीहरुलाई निशुल्क उपचार गर्नेदेखि केही प्रतिशत छुट बिरामिको अवस्था हेरेर गर्ने बताए ।

हामीले शिक्षा तथा स्वास्थ्य क्षेत्रमा काम गर्ने छौ १ बर्षमा कोशी प्रदेशमा १२ वटा कार्यक्रमहरु संचालन गर्ने छौ फाउन्डेसनका कोशी प्रदेश सचिव वीरेन्द्रकुमार साहले बताए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!