हिपमत डटकम

शुक्रबार, जेठ ०५, २०८० || 3600  पटक पढिएको

विराटनगर । मोरङको केरावारी वाट चार जनालाई पक्राउ गरेको छ । राष्ट्रिय जनावर गाई काटेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा केराबारी गाउँपालिका–३ की ३७ वर्षीया पवित्रा तामाङ, ५० वर्षीया नीरमाया तामाङ, केराबारी–७ का २३ वर्षीय सन्तोष लिम्बू र २२ वर्षीया मञ्जु लिम्बू रहेको मोरङ प्रहरीले जनाएको छ ।
केराबारी–३ साइ डाँडामा गाई काटेको सूचनाका आधारमा खटिएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक उदय शम्शेर राणा नेतृत्वको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार ४ जनालाई बिहीबार राति ८ बजेतिर पक्राउ गरिएको हो । पक्राउ परेकाको घरबाट गाईको मासु, टाउको र खुट्टा बरामद भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!