हिपमत डटकम

शुक्रबार, जेठ ०५, २०८० || 1916  पटक पढिएको

विराटनगर । पतिको दिर्घायुको कामना गर्दै मिथिलाका महिलाहरुले बटसावित्री ‘बरसाइत‘ पर्व शुक्रवार मनायो ।
पतिको लामो आयु तथा दिर्घायु जिवनको कामना गदै मिथिला क्षेत्रमा मैथिल विवाहित महिलाहरुले बट सावित्री पर्व मनाएकी छिन् ।
महिलाले वट वृक्षको नजिक पुजा गर्दा पतिको आयु लामो र स्वास्थ्य राम्रो हुने धार्मिक एवं पौराणिक जनविश्वास रहि आएको छ । वट सावित्री पुजालाई मिथिला भाषामा ‘बरसाइत’ भन्ने चलन रहेको छ ।
प्राचिनकालमा सावित्रिले आफ्नो पति सत्यवानलाई यमराजको हातबाट मुक्त गराई नयाँ जिवन दिलाउन सफल भएको धार्मिक विश्वास रहिआएको छ ।जेष्ठ अमावस्या तिथिमा प्रत्येक वर्ष मनाउने यस पर्वमा देबी पार्वती सावित्री र नाग नागिनका साथै वरको बोटको पुजा गरि मनाउने गरिन्छ ।

विहानैदेखि उपवास बसेर महिलाहरु स्नान गरि नयाँ वस्त्र धारण गरेर पुजाको थालीमा आफ केरा, हाते पंखा, मिठाइ, चना, काक्रोलगायतका सामग्री लिएर वरको रुख मुनि पुगेर बरको पुजा गरि ती प्रसाद सावित्री, नागनागनि र पार्वतीलाई चढाएर पर्व मनाउने गरेका छन् । नवविवाहिता महिलाहरुले पहिलो वर्षमा विशेष पुजा गरेर मनाउने गरिन्छ भने अन्य विवाहिता महिलाले वट वृक्षमा गएर पुजा गरि कथा सुन्ने गरिन्छ । यस पर्वमा व्रतीले वरको पात कपालमा सिउरेर अटल सौभाग्यको बरदान माग्ने परम्परा रहिआएको छ । वरको रुखको मुलमा ब्रम्हा, विष्णु तथा अग्र भगमा शिवको बास हुन्छ र सावित्री पनि सोही रुखमै प्रतिष्ठापित भएको विश्वास अनुसार यस पर्वको सुरुवात भएकाले वट सावित्री पुजा भन्ने गरिएको छ ।पौराणिक कथा अनुसार सावित्रीले सोही रुखमुनि आराधना गरि आफ्नो पति सत्यनावलाई जिवित तुल्याएकी थिइन् ।
महिलाहरु यस दिन एकाबिहानै कुनै पवित्र जलाश्यमा स्नान गरि कुनै वटबृक्षलाई शुद्ध जलद्वारा सिचित गरेर श्रद्धापुर्वक पुजा अर्चना गर्छिन् । यस पर्वको दिन नवविवाहिता नारीले विशेष रुपमा पुजा अर्चना गर्ने गर्छन । प्रमुखतया ब्राह्मण र कायस्थ जातिमा मनाईने यो व्रतमा नवविवाहिता बेहुलीको घरमा ससुरालीबाट पुजाको सम्पूर्ण सामग्री आउने गरेको छ । काचो चनालाई भिजाएर त्यसलाई प्रसाद स्वरुप वितरण गर्ने चलन रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!