काठमाडौ । सांसदहरुले प्रधानमन्त्रीलाई सोध्न संघीय संसद सचिवालयमा बुझाएको प्रश्नहरु प्रतिनिधि सभा बैठक अगावै बाहिरिएकोमा नेकपा एमालेले आपत्ति जनाएको छ ।

प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीलाई सोध्नका लागि प्रतिनिधि सभा नियमावली अनुसार तीन दिन अगावै संघीय संसद सचिवालयमा दर्ता भएका प्रश्नहरु सञ्चारमाध्यममा सार्वजनिक भएको भन्दै बैठकमा एमाले सांसद रघु पन्तले आपत्ति जनाएका हुन । संसदभित्र प्रधानमन्त्रीलाई प्रश्न सोध्ने विशेषअधिकार सांसदहरुको मात्रै भएको उल्लेख गर्दै सांसदले प्रश्न नसोध्दै अखबार र सञ्चार माध्यमहरुमा आउनु अनुपयुक्त भएको उनको भनाइ छ ।

पन्तले आपत्ति जनाएपछि प्रधानमन्त्री दाहालले जवाफ दिने क्रममा आफुलाई पनि प्रश्न बाहिरएको विषयमा आश्चर्य लागेको प्रतिक्रिया दिए । उनले प्रश्नसँगै जवाफ नै सार्वजनिक भएको भए आफु सदनमा आउनै नपर्ने रहेछ भनेर ब्यङग्य समेत गरे । प्रधानमन्त्री दाहालले आगामी दिनमा यसरी प्रश्नहरु सार्वजनिक नगर्न ध्यानाकर्षण समेत गराए ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!