हिपमत डटकम

बिहिबार, जेठ ०४, २०८० || 1278  पटक पढिएको
file photo

काठमाडौं, ४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्यान्टेनमेन्टको कुरा कपोकल्पित भएको र सो विषयमा दोषी ठहरिए जेल जान तयार भएको बताएका छन्। बिहीबार प्रतिनिधिसभामा बैठकमा राप्रपाका सांसद ज्ञानबहादुर शाहीले लडाकु शिविरमा भएको भ्रष्टाचारबारे सोधेको प्रश्नको जवाफ दिँदै उनले सो कुरा कपोकल्पित भएको र सो विषयमा दोषी ठहरिए जेल जान तयार भएको बताएका हुन्।

क्यान्टोनमेन्टको कुरा कपोल्कल्पित भएको र छानबिन गरेर दोषी ठहरिए म जेल जान तयारभएको प्रतिबद्धता गर्दै उनले भने, ‘पूर्व माओवादी लडाकुलाई वितरण गरिएकै पैसामा भ्रष्टाचार भयो भन्ने आरोप मात्र हो। क्यान्टोनमेन्टको भौतिक पूर्वाधारको जिम्मा कसले लिए त्यसको रेकर्ड छ। त्यतिबेलाका प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र अर्थमन्त्री डा. रामशरण महतले रुजु गरेपछि यो विषय पटाक्षेप भएको हो। यो राजनीतिक पूर्वाग्रहका हिसाबले अहिले उठाइएको छ। पटक-पटक यो विषय राजनीतिक आग्रहको आधारमा उठाइन्छ। त्यस्तो केही छ भने २०४८ सालदेखिको सबै भ्रष्टाचारका मुद्दामा छानबिन गर्न तयार छु। राजनीतिक तहमा संकल्प गरेर जाँदा छानबिन गर्न सकिन्छ।’

आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले संसद्‍हरुले उठाएको प्रश्नको जवाफ दिइरहेका छन्।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!