विराटनगर । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो कुनै किसिमको संलग्नता नरहेको बताएकी छन् । विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै कोइरालाले आफ्नो संलग्नता नभएको दाबी गरिन् ।

मोरङका केशव दुलाल पक्राउ परिसकेका छन् । दुलाल यो प्रकरणका प्रमुख योजनाकारसमेत हुन् भने मोरङकै कांग्रेस निकट सागर राई पनि पक्राउ परेका छन् । कुनै समय दुलाल कोईरालाको स्वकीय सचिव समेत रहेको बताईन्छ तर यस बिषयमा सुजाताले भनिन् कुनै पनि समयमा दुलाल मेरो स्वकीय सचिव भएर काम गर्नु भएन सुरु देखि नै मेरो स्वकीय सचिव लक्ष्मण जी हो।

पछिल्लो समय यो प्रकरणमा सुजाताको नाम जोडेर पनि समाचारहरु आइरहेको बेला उनले आफ्नो संलग्नता नभएको बताएकी हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मेरो कुनै किसिमको संलग्नता छैन । यो निष्पक्ष छानबिन भई दोषीलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ, उनले भनिन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणले अन्तर्राष्ट्रिय क्षेत्रमै नेपालको बद्नामी भएको कोइरालाको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!