हिपमत डटकम

बुधबार, जेठ ०३, २०८० || 1323  पटक पढिएको

विराटनगर । कोशी प्रदेशका पूर्वमन्त्री रामराना चढेको गाडी ढुंगामुढा भएको छ । नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका राना चढेको गाडीमाथि इलामको माङसेबुङ गाउँपालिकामा ढुंगामुढा भएको हो ।ढुंगामुढा हुँदा गाडीको पछाडीको भाग क्षतिग्रस्त भएको छ ।ईलामको माङसेवुङ गाउँपालिकामा आयोजित जिल्ला स्तरीय विस्तारित बैठकमा सहभागी हुन राना गईरहेका बेला सो गाउँपालिका ३ स्थित घर्तीदोभान नजिकै पहचान वादी समुहले ढुंगामुढा  गरेको बताईएको छ ।

पछिल्लो पटक आक्रमण बनेका पहचानवादी एमाले सहित अन्य सासद प्रति लक्षित विरोधका कार्यक्रम गर्दे आएका छन् ।
नेकपा एमाले कोशी प्रदेश संसदीय दलका उपनेता समेत रहेका रानामाथि भएको आक्रमणको एमालेले निन्दा र भर्त्सना गरेको छ । एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले विज्ञप्ति जारी गर्दै घटनामा संलग्नहरुलाई पक्राउ गरी कानुनी कारबाही गर्न र शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग माग गरेका छन्

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!