हिपमत डटकम

बुधबार, जेठ ०३, २०८० || 668  पटक पढिएको

विराटनगर । अन्नको भण्डार मानिएको पूर्वमा गहुँ उत्पादनमा वृद्धि भएको छ । अनुकुल मौसम भए पनि रसायनीक मलको अभावले गहुँ उत्पादनमा समान्य वृद्धि भएको हो ।
हिउँदै बालीको रुपमा खेती हुदै आएको गहुँको उत्पादन कोशी प्रदेशमा ९३ दशमलव ८८ मेट्रिक टनले वृद्धि भएको कृर्षि विकास निर्देशनालय विराटनगरले जनाएको छ । गत वर्ष १ लाख ४१ हजार ८सय २८ मेट्रिक टन गहुँ उत्पादन भएको थियो । यस वर्ष ५७ हजार ४सय ८९ दशमलव ५० हेक्टर क्षेत्रफलमा लगाएको गहुँ खेती वाट कोशी प्रदेशमा १ लाख ४१ हजार ९सय २१ दशमलव ८८ मेट्रिक टन गहुँ उत्पादन भएको कृर्षि विकास निर्देशनालय विराटनगरले जनाएको छ ।

अन्नको भण्डार मानिने कोशी प्रदेशको तराई जिल्लाहरुमा गहँु उत्पादनको लागि अनुकुल मौसम भए पनि रसायनिक मलको अभाव र सिचाईको कमीले अपेक्षाकृत वृद्धि नभएको कृर्षि विकास निर्देशनालय विराटनगरका कृर्षि अर्थ विज्ञ नेत्रमणी काफ्ले जानकारीले दिए । काफलेका अनुसार गहुँ रसायनिक मल अनिवार्य प्रयोग गर्नु पर्ने भएकाले मलको अभावले किसान गहँु उत्पादन गर्न नसकेको हो ।

झापा , मोरङ र सुनसरीमा गुहँ उत्पादन सिचाई र मल खादकै अभावमा कम भएको हो । सुनसरीमा ४१ हजार २ सय १३ मेट्रिक टन गहु उत्पादन भएको छ ।गत वर्षको तुलनामा यस वर्ष सुनसरीम १८ मेट्रिक टन गहु उत्पादन बढी भएको हो । त्यसैगरी कोशी प्रदेशमा सव भन्दा कम भोजपुरमा ७सय १८ मेट्रिक टन गहुँ उत्पादन भएको छ ।

जुन गत वर्षको तुलनामा३० मेट्रिक टन गहुँ उत्पादन कम भएको निर्देशनालयले जनाएको छ । त्यस्तै झापामा यस वर्ष उत्पादन वृद्धि भएको छ । यस वर्ष १४ हजार ८ सय ५० मेट उत्पादन भएको छ । गत वर्ष झापामा १३हजार ५सय मेट उत्पादन भएको थियो । मोरङमा भने गहुँ उत्पादनमा वुद्धि भएको छ ।

गत वर्ष २८ हजार १ सय ८७ मेट उत्पादन भएकोमा यस वष २८ हजार ५सय ७६ मेट गहुँ उत्पादन भएको छ । त्यस्तै पहाडि जिल्ला संखुवासाभामा १६सय ४९ मेटिक टन , ताप्लेजुङ्गमा २ हजार ८ सय ९६ मेट , सोलुखुम्बुमा ४ हजार ३ सय १२ मेट गहँु उत्पादन भएको छ ।
त्यसैगरी पाचँथरमा ६हजार ४ सय ३७ दशमलव ४८ मेट , ईलाम ११ हजार ६सय ८२ मेट ,तेह्रथुम ४ हजार १ सय मेट गहु उत्पादन भएको छ ।

त्यसैगरी धनकुटा २ हजार ७ सय मेट , उदयपुरमा १२ हजार ८ सय २७ मेट , ओखलढुङ्गा ३ हजार ३ सय १० मेट र खोटाङ्ग ६हजार ६सय २८ मेट्रिक टन गहु उत्पादन भएको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!