बुधबार, चैत्र ०५, २०७६ || 742  पटक पढिएको
कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन पूर्वतयारी स्वरुप भारतसँग सीमा जोडिएको कैलालीको त्रिनगर भन्सार नाकामा आज निगरानी कक्ष स्थापना गरिएको छ । उक्त नाकाको कैलाली भन्सार कार्यालयको नवनिर्मित भवनमा धनगढी उपमहानगरपालिका कार्यालयको पहलमा स्वास्थ्यकर्मी र औषधिसहितको व्यवस्था गरी निगरानी कक्ष स्थापना गरिएको हो । निगरानी कक्षमा तत्कालका लागि तीन वटा श्यया राखिएकामा आवश्यकताअनुसार थप श्ययाको व्यवस्था पनि गरिएको धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले बताउनुभयो । निगरानी कक्षमा आवश्यक औषधि र स्वास्थ्य परीक्षण गर्ने उपकरणसहित चौबिसै घण्टा स्वास्थ्यकर्मी रहने व्यवस्था गरिएको छ । निगरानी कक्षको प्रयोजनका लागि अत्याधुनिक एम्बुलेन्स पनि तयारी अवस्थामा राखिएको छ । उपमहानगरपालिकाले गएको फागुन २४ गतेदेखि नै कैलाली भन्सार नाकामा ‘हेल्थ डेस्क’ स्थापना गरेर भारतबाट नेपाल भित्रिने नागरिकको नियमितरुपमा स्वास्थ्य परीक्षण गरिरहेको छ । यसैबीच कोरोना भाइरस रोकथामका लागि सतर्कता अपाउने विषयमा आज उपमहानगरपालिकाको पहलमा बसेको बहुसरोकारवालाको बैठकमा धनगढी बजारका मुख्य चोकका साथै बसबिसौनीमा पानीको व्यवस्थापन गरी आवागमन गर्नेलाई हात धुने व्यवस्था मिलाउने, रोग रोकथामका लागि चेतना अभिवृद्धि गर्न प्रचारप्रसार गर्नेलगायतका निर्णय गरिएको छ । बैठकमा बजारमा हुनसक्ने कालोबजारी रोक्न सहयोग पु¥याउने, कृषि हाट बजार र भोलिदेखि सञ्चालन हुन लागेको एसइई परीक्षाका केन्द्रका साथै बस बिसौनीमा हेल्थ डेस्क सञ्चालन गरेर नागरिकको स्वास्थ्य परीक्षण गर्ने गराउने व्यवस्था मिलाउने निर्णय गरेको छ । सामान हस्तान्तरण बालाजी सर्जिकल सप्लायर्स धनगढीले कोरोना जाँचमा खटिने स्वास्थ्यकर्मीको सुरक्षाका लागि प्रयोग गरिने डिस्पोजल सर्जिकल सामान आज उपमहानगरपालिकाका प्रमुखलाई हस्तान्तरण गरेको छ । बालाजी सर्जिकल सप्लायर्सका प्रोप्राइटर करना वर्नवाल र दिपेन्द्रप्रसाद तिवारीले उक्त सर्जिकल सामान हस्तान्तरण गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!