हिपमत डटकम

शनिबार, बैशाख ३०, २०८० || 664  पटक पढिएको

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा शुक्रबार २०३ औं अन्तर्राष्ट्रिय नर्सिङ्ग दिवस मनाइएको छ । नोबेल अस्पतालको नर्सिङ बिभागले नर्सिङ्ग दिवस विशेष कार्यक्रम गरेको हो ।

कार्यक्रममा नर्सिङ्ग दिवसको शुभकामना आदानप्रदान गरी केक काटेर उत्सव मनाइएको छ । सो अवसरमा नोबेल शिक्षण अस्पतालका प्रबन्ध निर्देशक इन्दिरा शर्माले नर्सिङ्ग दिवसको शुभकामना व्यक्त गर्दै बिरामीहरुको मन जित्ने गरी सेवा गर्न नर्सहरुलाई सुझाव दिइन् ।

नोबेल मेडिकल कलेजका प्रचार्य प्रा.डा.रामहरी घिमिरे, निर्देशक डा.राजेश नेपाल, नायब निर्देशक डा.मुक्ति आचार्य, जेनेरल मेनेजर रुद्रप्रसाद शर्मा, नर्सिङ्ग डाइरेक्टर रामेश्वरी सिंह, नर्सिङ्ग प्रशासक कल्पना पोखरेल लगायतले पनि नर्सिङ दिवसको शुभकामना व्यक्त गरेका छन् ।

नोबेलमा कार्यरत नर्स, नर्सिङ पढ्दै गरेका बिद्यार्थी, कर्मचारी लगायत कार्यक्रममा सहभागि थिए । नर्सिङ्ग दिवसको अवसरमा हरेक बर्ष नोबेलमा बिभिन्न कार्यक्रम गर्ने गरिएको छ । निजी क्षेत्रबाट सञ्चालित कोशी प्रदेशको सबैभन्दा ठूलो अस्पताल नोबेलमा करिब ६ सय नर्स कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!