
कपिलवस्तु, २६ वैशाख ।कृष्णनगर नगरपालिका-२ यात्रुगेटबाट अवैध लागूऔषध चरेस जस्तो देखिने कालो पदार्थ १० किलोग्रामसहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ खनियाबास गाउँपालिका-५ बस्ने ४९ वर्षीया संगिता तामाङ र सत्यवती गाउँपालिका-१ बस्ने ५९ वर्षीया सेती तामाङ रहेका छन् ।

ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरूलाई जाँच गर्ने क्रममा कपडामा सिलाई ५/५ केजीका दरले दुवै जनाले कम्मरमा लुकाई राखेको उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । सय सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेहको छ ।