पाकिस्तानी प्रधानमन्त्री इमरान खानले राष्ट्रलाई एक टेलिभिजनमा गरेको सम्बोधनमा कोभिड–१९ विरुद्धको युद्ध जित्ने जिम्मेवारीका साथ एकताको माग गर्नु भएको छ । मङ्गलबार साँझ एक टेलिभिजनमार्फत प्रधानमन्त्रीले भन्नुभयो, “हामी जिम्मेवार राष्ट्र हौँ भनेर प्रमाणित गर्न हामीले आफूलाई र अरूलाई रक्षा गर्नु आवश्यक छ । सरकारले यस रोगलाई नियन्त्रण गर्न, स्वास्थ्य सेवा उपलब्ध गराउन र आपूर्ति सुनिश्चित गर्न यथासक्य प्रयास गर्नेछ ।” खानले आफुलाई न्याय गर्न घरमै बसेर, सार्वजनिक सभामा उपस्थित हुनबाट जोगिँदै, अन्य सावधानी अपनाउनेहरू र कोभिड– १९ लक्षण भएमा मात्र मेडिकल जाँचको लागि सरकारलाई सहयोग गर्न मानिसहरूलाई भन्नु भएको छ । प्रधानमन्त्रीले मानिसहरुलाई यो रोगको विरूद्ध लड्न चीनबाट सिक्न आग्रह गर्नु भएको र भाइरस फैलाउन नदिने रोकथामको लागि चीनले गरेको सफल प्रयासको प्रशंसा गर्नु भएको छ । पाकिस्तान निरन्तर चीनको सम्पर्कमा रहेको खानले बताउनु भएको छ । चीनले पहिले नै पाकिस्तानलाई सहयोग गरिरहेको र तर पाकिस्तानले अझ बढी चीनबाट सिक्नु पर्ने आवश्यक रहेको खानले बताउनु भएको छ । पाकिस्तानमा कम्तीमा २३५ जनालाई कोभिड–१९ पोजेटिभ देखिएको छ । कोरोना भाइरसबाट अर्थव्यवस्थामा पर्ने प्रभावलाई कसरी सामना गर्ने भन्ने विषयमा सरकारको आर्थिक कमिटीले निर्धारण गर्ने पनि उहाँले बताउनु भएको छ । सरकारले निर्यातकर्ताहरू र नोक्सान भोग्नेहरूलाई सहयोग पु¥याउने पनि उहाँले बताउनु भयो । देशले सबै सार्वजनिक र निजी शैक्षिक संस्थाहरू, विवाहका पार्टी हलहरू, सांस्कृतिक केन्द्रहरू, सिनेमाघरहरू बन्द गरेको छ, र सबै खेलकुद गतिविधिहरू र आधिकारिक कार्यक्रमहरू रद्द गरेको छ । पाकिस्तानले यसको पश्चिमी सीमाबाट ईरान र अफगानिस्तानबाट आउने नागरिकलाई पनि रोकेको बताइएको छ । साथै उक्त नाकाबाट सीमा पार गरी नागरिकलाई बाहिरिन पनि रोकेको बताइएको छ । देशले यस रोगका विरुद्ध लड्न विशेष कार्यक्रमका साथ अघि बढेको र केही व्यक्तिको परिचालन गर्नुको साथै देशका सबै नाकाहरुबाट प्रवेशमा कडाई गरेको छ । क्वारान्टाइन केन्द्रहरू पनि स्थापना भइरहेका प्रधानमन्त्रीले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!