बुधबार, चैत्र ०५, २०७६ || 1191  पटक पढिएको

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र साउदी अरवका राजा मोहम्मद बिन सलमानबीच कोरोना भाइरसको सङ्क्रमणका बारेमा कुराकानी भएको छ । उहाँहरुले मङ्गलबार टेलिफोनमा कुराकानी गर्नुभएको भारतीय अधिकारीले जानकारी दिएका छन् । भारतको विदेश मन्त्रालयद्वारा जारी वक्तव्यमा उहाँहरुबीच मुख्य गरेर कोरोना भाइरसको सङ्क्रमण, त्यसबाट बच्न र त्यसका कारण हुने उत्पन्न परिस्थितीका बारेमा कुराकानी भएको जनाइएको छ । कुराकानीका क्रममा प्रधानमन्त्री मोदीले कोरोना सङ्क्रमण नियन्त्रण र सामना गर्न संंयुक्त पहल र सहकार्य आवश्यक भएकोमा जोड दिनुभएको थियो । कोरोना सङ्क्रमणको महामारीले विश्वका लाखौँ मानिसलाई प्रभावित पारेको र अर्थतन्त्रसमेतमा नराम्ररी असर परेको भन्दै दुवै नेताले चिन्ता व्यक्त व्यक्त गर्नुभएको थियो । यसअघि प्रधानमन्त्री मोदीले आफ्नै अग्रसरता र प्रस्तावमा सार्कस्तरीय भिडियो सम्मेलनसमेत गराउनुभएको थियो । दुई नेताले जी–२० देशका बीचमा पनि यस्तै भिडियो सम्मेलन गराउन प्रस्ताव र प्रयास गर्ने सहमति पनि भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!