हिपमत डटकम

शनिबार, बैशाख २३, २०८० || 5735  पटक पढिएको

विराटनगर । खुल्ला कराँते प्रतियोगिताको उपाधि सुनसरीले जितेको छ । विराट कराते क्लबको आयोजनामा विराटनगरमा शनिबार सम्पन्न भएको प्रतियोगितामा सुनसरीले ६ स्वर्ण, ३ रजत र ५ कास्य पदकसहित उपाधि जितेको हो ।

प्रतियोगिताको द्धितीय भारतको दार्जेलिङ भयो । दार्जेलिङले ३ रजत र ३ कास्य पदक हात पारेको छ । तृतीय भुटान भयो । भुटानले २ रजत र ३ कास्य पदक जितेको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीमा महिलातर्फ सुनसरीका पूजा चौधरी र पुरुषतर्फ मोरङका सौरव आलेमगर घोषित भए ।

प्रतियोगितामा बिजेता हुने टिम र खेलाडीहरूलाई कार्यक्रमका प्रमुख अतिथि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा बोल्दै मन्त्री मोदीले खेलकुद क्षेत्रमा संघीय सरकारले प्राथामिकतामा राखेको बताए । उनले संघ, प्रदेश र स्थानीय गरी तीन तहको सरकारले खेलकुदको विकासमा लाग्नुपर्नेमा जोड दिए ।
दुईदिनसम्म संचालन भएको प्रतियोगितामा नेपाल, भारत र भुटनाका ९ टिमका २ सय बढी खेलाडीहरुको सहभागिता रहेको विराट कराते क्लबका अध्यक्ष विमल पोखरेलले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!