हिपमत डटकम

शनिबार, बैशाख २३, २०८० || 1231  पटक पढिएको

झापा । कृषि वस्तुमा आत्मनिर्भर बन्न नसक्दा भारतबाट ठूलो मात्रामा ताजा तरकारी तथा फलफूल आयात हुने गरेको छ ।

चालु आर्थिक वर्ष २०७९-०८० को नौ महिनामा पूर्वीनाका काँकरभिट्टाबाट रु चार अर्ब ४१ करोड ७३ लाख ८९ हजारको ताजा तरकारी र फलफूल नेपाल भित्रिएको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाले जनाएको छ । कार्यालयका सूचना अधिकारी चन्देश्वर ठाकुरका अनुसार चालु आवको साउनदेखि चैत मसान्तसम्ममा काँकरभिट्टा नाकाबाट एक लाख ८० हजार आठ सय १७ मेट्रिक टन तरकारी तथा फलफूल नेपाल भित्रिएको छ ।

भारतबाट ताजा फलफूलभन्दा झन्डै दोब्बर मूल्य बराबरको तरकारी नेपाल भित्रिने गरेको छ । नौ महिने अवधिमा रु दुई अर्ब ६२ करोड ६३ लाख ५३ हजार मूल्य बराबरको एक लाख ४७ हजार छ सय ५३ मेट्रिक टन ताजा तरकारी नेपाल भित्रिएको पाइएको छ । सोही अवधिमा रु एक अर्ब ७९ करोड १० लाख ३६ हजार मूल्य बराबरको ३३ हजार एक सय ६४ मेट्रिक टन ताजा फलफूल नेपाल भित्रिएको प्लान्ट क्वारेन्टाइनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!