हिपमत डटकम

बुधबार, बैशाख २०, २०८० || 5287  पटक पढिएको

काठमाडौं। दाङ, १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका-३ दमारगाउँ घर भई हाल बबई गाउँपालिका-६ कौसीलापुर मामा घरमा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

किशोरले ती किशोरीलाई गत शनिबार ललाई फकाई आफ्नै खाली घरमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुर र अस्थायी प्रहरी पोष्ट बेलुवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

त्सैगरी कञ्चनपुर, १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बेदकोट नगरपालिका-१० बस्ने १८ वर्षीय किशोरलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

किशोरले ती किशोरीलाई गत सोमबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी बिट दैजिबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!