हिपमत डटकम

सोमबार, बैशाख १८, २०८० || 1016  पटक पढिएको

विराटनगर । विराटनगरमा भारतको टिम सहित खुल्ला कराँते प्रतियोगिता हुने भएको छ । वैशाख २२ र २३ गते हुने उक्त प्रतियोगिता विराटनगरको शहिद रङ्गशालाको कभड हलमा हुने भएको छ ।

विराट कराते क्लबको आयोजनामा हुने प्रतियोगितामा नेपालका ६ र भारतका तीन टिमको सहभागि हुने पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । भारतका कलकत्ता, दार्जेलिङ्ग र खर्साङको सहभागी हुने विराट कराते क्लबका अध्यक्ष विमल पोखरेलले जानकारी दिए । प्रतियोगितामा कोशी प्रदेशका सुनसरी, मोरङ, झापा, तेह्रथुम र आयोजक हुनेछ जनाइएको छ । यस्तै मधेश प्रदेशको सप्तरीको टिमको पनि सहभागी हुनेछन् ।पाँच लाख ४५ हजार खर्च हुने उक्त प्रतियोगितामा करिब २ सय बढी खेलाडीहरुको सहभागि रहनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!