हिपमत डटकम

आइतबार, बैशाख १७, २०८० || 13352  पटक पढिएको

श्रीनगर । भारी हिमपात र भीषण वर्षाका कारण चारधाम यात्रामा निस्केका तीर्थयात्री श्रीनगरमा रोकिएका छन् । बद्रीनाथ र केदारनाथ धाममा भारी हिमपात भएको तथा समथर भूभागमा भीषण वर्षा भएकाले तीर्थयात्रीलाई श्रीनगरमा नै रोकिएको प्रहरीले जनाएको छ ।

आवासका लागि अनलाइन बुकिङ गरेका यात्रीलाई रुद्रप्रयागसम्म जाने अनुमति दिइएको तर बुकिङ नभएका यात्रीलाई श्रीनगरमा नै रोकिएको प्रहरीले बताएको छ । श्रीनगरमा यात्रीका निम्ति पर्याप्त आवासको व्यवस्था गरिएको गढवाल प्रहरी प्रमुख रवि सैनीले बताएका छन् । मौसममा सुधार हुनेवित्तिकै उनीहरूलाई गन्तव्यतर्फ प्रस्थानको अनुमति दिइने उनले स्पष्ट गरेका छन् ।

उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्करसिंह धामीले शनिबार सबै तीर्थयात्रीलाई कोभिड–१९ लगायत स्वास्थ्यसम्बन्धी सबै परीक्षण समयमै पूरा गर्न आह्वान गरेका थिए । राज्य सरकारले निर्धारण गरेका नियम पालना गर्न उनले सम्बद्ध सबैलाई आग्रह गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!