हिपमत डटकम

बुधबार, बैशाख १३, २०८० || 1469  पटक पढिएको

काठमाडौं । भूकम्पले क्षतिग्रस्त भएका देशभरका २ सय १७ वटा सम्पदा पुनर्निर्माण गर्न करिब २ अर्ब रुपियाँ लाग्ने भएको छ । पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरका अनुसार २ अर्ज रुपियाँको व्यवस्था भए आगामी आर्थिक वर्षमा सबै सम्पदाहरू पुनः निर्माण सम्पन्न हुनेछ ।

बजेट अभावका कारण सम्पदा पुनर्निर्माणमा कठिनाइ परेको जिकिर गर्दै प्रवक्ता कुँवरले भने, बजेट अभाव नभएको भए दुई वर्षअघि नै सम्पन्न हुने थियो । सरकारले माग गरेअनुसार बजेट व्यवस्था गरे अबको दुई वर्षभित्र पुनर्निर्माण सम्पन्न भइसक्नेछ । .

भूकम्प गएको वर्ष पुगिसक्दा पनि पुनर्निर्माणले गति लिन सकेको छैन। तर, पुरातत्व विभागले भने दुई वर्षदेखि नै अबको दुई वर्षमा क्षतिग्रस्त सबै सम्पदा पुनर्निर्माण भइसक्ने दाबी गर्दै आएको थियो ।

गत वर्ष विभागले २०८२ सालसम्ममा सबै सम्पदाको पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको जनाएको थियो । तर, यही अवस्थामा अर्को दुई वर्षमा पनि निर्माण सम्पन्न हुन सक्ने अवस्था देखिदैन ।

तथ्यांकअनुसार भूकम्पले २८ जिल्लाका ९ सय २० वटा सम्पदामा क्षति पुयाएकोमा हालसम्म देशभरका ७ सय ३ सम्पदाको पुनर्निर्माण सम्पन्न भइसकेको छ । सयवटा सम्पदाहरू पुनः निर्माणको क्रममा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!