बुधबार, चैत्र ०५, २०७६ || 587  पटक पढिएको

मलेसिया सरकारले अबको दुई हप्तासम्म विदेशी नागरिकलाई प्रवेशमा रोक लगाएको छ । कोरोना भाइरस (कोभिड–१९) को जोखिम नियन्त्रणका लागि भन्दै मलेसिया सरकारले चैत ५ गतेदेखि १८ गतेसम्म नेपालीसहित सबै विदेशी नागरिकलाई मलेसिया प्रवेशमा रोक लगाएको हो ।

मलेसियाको क्वालालम्पुरस्थित नेपाली राजदूतावासले बुधबारदेखि लागू हुने यो नियम आगामी मार्च ३१ वा चैत १८ गतेसम्म लागू हुने जनाएको छ । मलेसिया सरकारले लगाएको प्रवेश रोकले नेपाली श्रमिक बढी प्रभावित हुनेछन् । घर बिदामा नेपाल आएका पनि यो बीचमा फर्कन नपाउने भएका छन् । नेपाली श्रमिकका लागि मलेसिया, कतार र साउदी अरब पछिकोे प्रमुख श्रम गन्तव्य मुलुक मानिन्छ । कतारले पनि विदेशी नागरिकलाई प्रवेश नगराउने भनेर यसअघि नै सूचना गरिसकेको छ । मलेसियाबाट नेपाल फर्कन चाहनेका लागि भने कुनै अवरोध नरहेको राजदूतावासले विज्ञप्तिमार्फत प्रस्ट पारेको छ । मलेसियन नागरिकलाई भने विदेश जानसमेत रोक लगाइएको छ । दूतावासले विज्ञप्तिमार्फत मलेसिया सरकारले जमघट, भेलालगायतका अन्य सामाजिक भेटघाट गर्ने क्रियाकलापमा रोक लाएकाले मलेसिया रहेका नेपालीलाई जमघट नगर्न आग्रह गरेको छ । दुई हप्तासम्म मलेसियाका अति आवश्यक सेवा प्रदान गर्ने सरकारी निकायबाहेक अन्य सबै सरकारी वा विद्यालय, विश्वविद्यालय बन्द हुनेछन् ।

दैनिक उपभोगका सामग्री र सेवा पाउने पसल, सुपरमार्केट, औषधि पसल, अस्पताल, यातायात, प्रहरीलगायतका महìवपूर्ण सेवा दिने निकाय भने खुला नै रहने छन् । मलेसियामा अहिलेसम्म ५६६ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । जसमध्ये ४२ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने ५२४ जनाले उपचार गराइरहेको मलेसिया सरकारले जनाएको छ । मलेसियामा पाँच लाखभन्दा धेरै नेपाली रहेको सरकारी अनुमान छ तर अहिलेसम्म मलेसियामा कार्यरत नेपाली श्रमिकमा भने कोरोनाको सङ्क्रमण देखिएको छैन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!