हिपमत डटकम

मंगलबार, चैत्र २८, २०७९ || 7335  पटक पढिएको

इस्लामावाद । पाकिस्तानको राष्ट्रियसभाले सन् १९७३ को संविधानको रक्षा गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ ।

संविधान जारी भएको स्वर्ण महोत्सवका अवसरमा उक्त सभाले देशको संविधानलाई मनसा, वाचा, कर्मणा संरक्षण गर्ने प्रतिबद्धतासहित प्रस्ताव सोमबार पारित गरेको हो ।

पारित प्रस्तावअनुसार राष्ट्रियसभाले संविधानको पूर्ण कार्यान्वयन सुनिश्चित गर्न तथा पाकिस्तानका जनताको अधिकार हितको रक्षाका लागि राज्यका सबै अङ्गलाई आवश्यक कदम चाल्न आग्रह गरेको गरिएको छ ।

प्रधानमन्त्री शहबाज शरिफले प्रस्तुत गरेको प्रस्तावमा सङ्घीयताको सिद्धान्तलाई संविधानको एक आधारभूत सिद्धान्तका रूपमा कायम राख्नुपर्नेमा जोड दिइएको थियो । साथै उनले पाकिस्तानलाई आर्थिक रुपमा विकसित र आत्मनिर्भर मुलुक बनाएर जनतालाई सशक्त बनाउने प्रतिबद्धता पनि व्यक्त गरे ।

“संविधान पाकिस्तानको संरक्षक एवम् मार्गदर्शक सिद्धान्त पनि हो । हामी यसको रक्षाका खातिर आफ्नो जीवन बलिदान गर्न तत्पर छौँ,” पाकिस्तानी प्रधानमन्त्रीले भने । संविधानलाई सबै राज्य संस्थाको जननी भन्दै प्रधानमन्त्री शरिफले देशको संविधानले नै राष्ट्रलाई एकताको सूत्रमा आबद्ध गर्ने र त्यसप्रति सबै नागरिकको अटुट आस्था रहेको बताए ।-(रासस /सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!