हिपमत डटकम

आइतबार, चैत्र २६, २०७९ || 7771  पटक पढिएको

शिबरघान । अफगान अधिकारीहरूले शनिबार उत्तरी जाज्जान प्रान्तमा अत्यावश्यक मानवीय सहयोगको खाँचोमा परेका परिवारलाई चीनले मानवीय सहायता प्राप्त गरेको बताएका छन् ।

प्राकृतिक प्रकोप व्यवस्थापन र मानवीय मामिलाका प्रान्तीय निर्देशक मल्लवी सिराजुद्दीन सिराजीले आइतबार यसबारे जानकारी दिएका छन् ।

शनिबार दिउँसो प्रान्तीय राजधानी शिबरघान शहरमा चामल, पाल र न्यानो लुगा लगायतका सहायता प्याकेजहरू वितरण गरिएको छ । यसैगरी चीनले गत महिना मध्य बाम्यान र पश्चिमी निमरोज प्रान्तका ८०० भन्दा बढी विपन्न परिवारलाई चामल र गहुँ लगायतका खाद्यान्न उपलब्ध गराएको थियो ।

चीनले गत वर्ष द्वन्द्वग्रस्त तथा विपन्न मुलुकका गरिब, भूकम्पपीडित र बाढीपीडित परिवारलाई कोभिड–१९ विरुद्धको खोप, जाडो लुगा, टेन्ट र खाद्यान्न उपलब्ध गराएको थियो । – (रासस-सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!